बोट ब्राण्डका तीन नयाँ उत्पादन नेपाली बजारमा

  • Technology Khabar | ३१ असार २०८०, आईतवार

काठमाडौं ।

नेपालमा बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएका छन् । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो।

यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

स्टोन १९०

ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स ७ रेटिङ पाएको छ। बोक्नलाई कम्फर्ट र हलुका यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री समावेश गरेको छ।

यसलाई फूल चार्ज गर्न डेढ घण्टा लाग्नेछ भने एक पटकको चार्जमा चार घण्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ।

स्पिकरलाई कन्ट्रोल गर्न विभिन्न तीन बटनहरू उपलब्ध गराइएको छ, जसमा दुई ओटा बटनले भोलुम अप डाउन र एउटाले म्युजिक प्ले पज गर्छ। ५ वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले २६९९ रुपैयाँ तोकेको छ ।

स्टोर्म कल

कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, स्टोर्म कल स्मार्टवाच। ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकता अनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिन्छ । त्यसै फोनमा आएका तथा सामाजिक सञ्जालका नोटिफिकेसन पनि वाचबाटै हेर्न सकिन्छ ।

कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन् । यो स्मार्टबाचमा १.६९ इन्चको एचडी डिस्प्ले छ भने सो डिस्पले २।५डी कर्भ्ड छ । यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड रहेको छ । जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ ।

१५० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम छ । यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ ।

२२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चा‍र्जमा यो स्मार्टवाचलाई सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड ६।० र आईओएस १३ भन्दा माथिको डिभाइसमा सपोर्ट गर्छ । कम्पनीले स्टोर्म कलको मूल्य ४४९९ रुपैयाँ तोकेको छ।

वेभ बिट

बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ । यो फिटनेस ट्रयाकर स्मार्टवाच वाच हो । यसमा १।६९ इन्चको एचडी डिस्प्ले छ।

मल्टिपल एक्टिभ स्पोर्ट मोड अन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा वास्केटबल मोड राखेको छ । जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ ।

१०० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम रहेको छ । यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ । २२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवालाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ ।

एक पटकको फुल चा‍र्जमा यो स्मार्टवाचलाई १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। यसले एन्ड्रोइड ६.० र आईओएस १३ भर्सनभन्दा माथिका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ। वेभ बिटको मूल्य ३४९९ रुपैयाँ तोकेको छ।

प्रकाशित: ३१ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार