
काठमाडौं ।
चीनले आफ्नो एकीकृत सर्किट (आईसी) को आयातमा उल्लेखनीय गिरावटको अनुभव गरेको छ। उन्नत चिप्स तथा प्रविधिमा संयुक्त राज्य अमेरिका र यसका सहयोगीद्वारा लगाइएको निरन्तर प्रतिबन्धहरूको सामना गर्दै आएको चीनले आईसीको आयातमा गिरावटको महसुस गरेको हो।
भर्खरै जारी गरिएको भन्सार डाटाले चीनको आईसी आयात २०२३ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले घटेको देखाएको छ। यसले राष्ट्रको सेमीकन्डक्टर आपूर्ति श्रृंखलाको बारेमा चिन्ता बढाएको उल्लेख छ।
भन्सारको सामान्य प्रशासनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो अर्धवार्षीकीमा चीनको एकीकृत सर्किटको आयात घटेर २२७.७ अर्ब युनिट पुगेको बताइएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्ड गरिएको २७९.६ अर्ब युनिटको तुलनामा उल्लेखनीय कमी हो।
सन् २०२३ को पहिलो पाँच महिनामा देखिएको १९.६ प्रतिशतको गिरावटको तुलनामा यसले थोरै सुधार देखाएको भएतापनि चीनले आवश्यक इलेक्ट्रोनिक कम्पोनेन्टहरूको माग पूरा गर्नमा सामना गर्नुपरेका चुनौतीहरूलाई यसले अझै प्रकाश पारेको उल्लेख छ।
भन्सार तथ्याङ्कले पनि चिप आयातको कुल मूल्यमा उल्लेखनीय गिरावट देखाएको बताइएको छ। जुन २२.४ प्रतिशतले घटेर वर्षको पहिलो अर्धवार्षीकीमा यूएसडी १६२.६ बिलियन पुगेको हो।
मूल्यमा भएको यो गिरावटले सोही अवधिमा चीनको समग्र आयातमा भएको सीमान्तिक ०.१ प्रतिशत संकुचनलाई नाघेको छ। यसले एकीकृत सर्किट क्षेत्रमा प्रभावको गम्भीरतालाई सङ्केत गरेको बताइएको छ।
चीनको आईसी आयातमा तीव्र गिरावटले देशले आफ्नो द्रुत रूपमा बढ्दो टेक्नोलोजी उद्योगलाई समर्थन गर्न आवश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न सामना गर्ने कठिनाइहरूलाई जोड दिएको उल्लेख छ।
अमेरिका र यसका सहयोगीहरूद्वारा लगाइएका निरन्तर प्रतिबन्धहरूले उन्नत चिपहरूमा चीनको पहुँचलाई सीमित गरेको छ। जुन कृत्रिम बुद्धिमत्ता, ५जी दूरसञ्चार र उच्च प्रदर्शन कम्प्युटिङ जस्ता अत्याधुनिक प्रविधिहरूको विकासका लागि महत्वपूर्ण रहेको बताइएको छ।
प्रकाशित: ३१ असार २०८०, आईतवार