एप्पल वाच अल्ट्रा २ मा थ्रीडी प्रिन्टेड पार्ट्स प्रयोग हुने

  • Technology Khabar | ३१ असार २०८०, आईतवार

काठमाडौं ।

एप्पलले मूल एप्पल वाच अल्ट्राको सिक्वेल जारी गर्ने विश्वासिला विश्लेषक मिंग-ची कुओको नयाँ रिपोर्टले उल्लेख गरेको छ।

कुओले नयाँ वेयरेवल यस वर्षको दोस्रो अर्ध वार्षिकमा मात्रै आउने बताएका छन्। तर यसको लन्च सेप्टेम्बर वा नयाँ आईफोनको साथमा हुनसक्ने बताइएको छ। यो अनावरण भएका बेला, एक  रोचक उपलब्धि भनेको यसमा थ्रीडी प्रिन्टेड पार्टस् हुनेछ।

एप्पलले सक्रिय रूपमा थ्रीडी प्रिन्टिङ टेक्नोलोजी तथा आगामी वाच अल्ट्राको “केही टाइटेनियम मेकानिकल भागहरू” को लागि त्यो प्रक्रिया प्रयोग गर्ने बताइएको छ।

ती भागहरूले अझै केही सीएनसी प्रक्रियाहरू मार्फत जानुपर्ने उल्लेख छ। केही कम्पोनेन्टहरूको उत्पादनको एक पार्टलाई थ्रीडी प्रिन्टिङमा स्विच गर्दा पनि उत्पादन समय र लागतहरू घट्ने छ।

फार्सून तथा बीएलटी एप्पलको लागि ३डी प्रिन्टर आपूर्तिकर्ताहरू रहेका छन्। यद्दपी आइपीजी फोटोनीक्स लेजर कम्पोनेन्टहरूको विशेष आपूर्तिकर्ता रहेको कुओले खुलासा गरेका छन्।

एप्पल वाच अल्ट्राको उत्पादनमा थ्रीडी प्रिन्टिङको परिचय राम्रोसँग काम गरेमा, कम्पनीले भविष्यमा अझ धेरै उत्पादनहरूका लागि यो प्रविधि अपनाउने अपेक्षा गरिएको पनि उल्लेख छ।

प्रकाशित: ३१ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया