काठमाडौं ।
चीनका अटोमेकरहरूले विद्युतीय सवारीसाधन (इभीहरु) मा उल्लेख्य छुटहरू प्रदान गर्न जारी राखेका छन्।
यसैबीच एसएआईसी मोटरको एमजी ब्रान्डले कम्प्याक्ट इलेक्ट्रिक क्रसओभर एमजी मुलानको लागि १७ प्रतिशतसम्म छुटको सीमित-समय प्रस्तावको घोषणा गरेको छ।
जुलाई १ र जुलाई ३१ को बीच, एमजी मुलान खरिद गर्ने चिनियाँ ग्राहकहरूले २४,००० युआन (३,३५० डलर) को छुट प्राप्त गर्नेछन्, र शुरुवात मूल्यलाई ११५,८०० युआनमा ल्याइनेछ।
एमजी मुलान एक कम्प्याक्ट इभी हो जुन एमजी ब्रान्डले सेप्टेम्बर २०२२ मा लन्च गरेको थियो र विश्वव्यापी बजारको लागि उपलब्ध इभी हो। उक्त मोडल चिनियाँ उपभोक्ताका लागि मात्र नभई दर्जनौं अन्य देशमा पनि निर्यात गरिने ब्रान्डले सो समयमा बताएको थियो।
एमजी मुलान, जसलाई विदेशी बजारहरूमा एमजी ४ (MG4) इलेक्ट्रिक भनिन्छ, जनवरी-मे महिनामा युरोपमा सबैभन्दा बढी बिक्री हुने चिनियाँ ब्रान्डको ईभी भएको कम्पनीको भनाई छ।
‘जनवरी-मेमा युरोपमा शीर्ष १० शुद्ध ईभी दर्ताहरूमा यो मोडल एक मात्र चिनियाँ ब्रान्ड थियो,’ एमजीले भने।
एमजी विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रतिस्पर्धी इभी बजारमा बिक्री बढाउने प्रयासमा चीनमा ठूलो छुट प्रदान गर्ने सबैभन्दा नयाँ ब्रान्ड हो।
प्रकाशित: ३१ असार २०८०, आईतवार