
काठमाडौं ।
ट्विटरले आफ्नो भेरिफाइड कन्टेन्ट क्रिएटर्ससँग विज्ञापन राजश्व साझेदारी गर्ने भएको छ। ट्विटरले बिहीबार आफ्नो प्लेटफर्ममा निश्चित कन्टेन्ट क्रिएटरले कम्पनीले उत्पन्न गरेको विज्ञापन राजश्वको अंश प्राप्त गर्ने अवसर पाउने घोषणा गरेको छ।
ट्विटरका अनुसार गत तीन महिनामा प्रत्येक पोस्टमा न्यूनतम ५० लाख इम्प्रेशन प्राप्त गरेका र स्ट्राइप भुक्तानी अकाउन्ट भएका भेरिफाइड प्रयोगकर्ताहरूले उनीहरूको जवाफमा प्रदर्शित विज्ञापनहरूबाट उत्पन्न हुने विज्ञापन राजश्वको अंश प्राप्त गर्न योग्य हुनेछन्।
आफ्नो प्लेटफर्ममा थप कन्टेन्ट क्रिएटर्सलाई आकर्षित गर्ने प्रयासमा, ट्विटरले भर्खरै प्रयोगकर्ताहरूलाई उनीहरूको कन्टेन्टमा सशुल्क सब्सक्रिप्सन प्रस्ताव गर्ने विकल्प प्रस्तुत गरेको छ। यो कदम क्रिएटर्स मुद्रीकरणलाई प्रोत्साहित गर्ने कम्पनीको रणनीतिसँग मिल्दोजुल्दो छ।
गत वर्षको अक्टोबरमा ट्विटर प्राप्त गर्ने अर्बपति इलन मस्कले भनेका छन् कि पहिलो वर्षको अवधिमा, कम्पनीले भुक्तानी गेटवे शुल्क बाहेक सम्पूर्ण सदस्यता राजश्व क्रिएटर्सलाई दिनेछ।
यसले क्रिएटर्सलाई प्लेटफर्ममा उत्पन्न सदस्यता राजश्वबाट पूर्ण रूपमा फाइदा लिन अनुमति दिएर समर्थन गर्ने ट्विटरको प्रतिबद्धतालाई संकेत गर्दछ।
फाइनान्सियल टाइम्सले रिपोर्ट अनुसरा ट्विटरको नयाँ सीईओ लिन्डा याकारिनोले इलन मस्कको कार्यकालमा प्लेटफर्म त्यागेका विज्ञापनदाताहरूलाई पुन आकर्षित गर्न रणनीतिहरूको दायरा लागू गर्दैछ। यी उपायहरूमा भिडियो विज्ञापन सेवाको परिचय, प्लेटफर्ममा सामेल हुन थप सेलिब्रेटीहरूलाई सक्रिय रूपमा पछ्याउने र कम्पनीको कार्यबल विस्तार गर्ने समावेश छ।
५ जुनदेखि सीईओको भूमिकामा रहेकी लिन्डा याकारिनोले फुल–स्क्रिन डिस्प्ले र साउन्ड–अन क्षमताहरू सहित भिडियो विज्ञापनहरू पेश गर्न चाहन्छिन्। यी विज्ञापनहरू प्रयोगकर्ताहरूलाई ट्विटरको हालै थपिएको सर्ट–भिडियो फिड मार्फत स्क्रोल गर्दा डिस्प्ले गरिनेछ।
प्रकाशित: ३० असार २०८०, शनिबार