
काठमाडौं ।
इलेक्ट्रिक सवारी उत्पादक टेस्ला लामो समयदेखि भारतमा प्रवेश गर्न खोजिरहेको छ। तर विभिन्न समस्याका कारण कम्पनी भारतमा आउन सकिरहेको छ। अहिले टेस्ला भारतमा प्रवेश गर्नका फ्याक्ट्री स्थापना गर्न तयार भएको छ। यसका लागि कम्पनीको अधिकारीहरु भारत सरकारसँग वार्ता सुरु गरेका छन्।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार टेस्ला भारतमा ५ लाख प्रतिवर्ष उत्पादन क्षमताको फ्याक्ट्री लगाउने योजनामा छ। इलेक्ट्रिक सवारी उत्पादकको हकमा यो ठूलो फ्याक्ट्री हो।
टेस्ला प्रिमियम र महँगो मूल्यका लागि प्रशिद्ध छ। यस्तोमा कम्पनीले भारतीय ग्राहकका लागि सस्तो ईभी ल्याउने सम्भावना छ। रिपोर्ट अनुसार टेस्लाले भारतमा २० लाख भारुको सुरुवाती मूल्यमा ईभी ल्याउन सक्छ।
टेस्ला लगातार रुपमा संसारभर विस्तार भइरहेको छ। कम्पनीले चीनको सांघाई स्थिति गिगा फ्याक्ट्री सञ्चालन गरिरहेको छ। यस्तोमा भारतमा नयाँ फ्याक्ट्री सञ्चालनमा ल्याएर कम्पनी इन्डो प्यासिफिक क्षेत्रका लागि निर्यातको बेसको रुपमा उपयोग गर्ने योजनामा देखिएको छ।
टेस्लाले भारत सरकारको कमर्श तथा इन्डस्ट्री मन्त्रालयसँग वार्ता गरिरहेको र छिट्टै सम्झौता हुन सक्ने बताईएको छ। यस अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको दौरान टेस्लाका सीईओ इलन मस्कसँग भेट गरेका थिए। मोदीले टेस्लालाई भारतमा आउन आग्रह गरेका थिए।
मोदीसँगको भेट पछि मस्कले पत्रकारहरुसँग भारतमा छिट्टै टेस्लाले इन्ट्री गर्ने घोषणा गरेका थिए। साथै उनले सस्टेनेबल इनर्जी भविष्य, विशेषगरी इलेक्ट्रिक सवारी क्षेत्रमा भारतको सम्भावनाको प्रशंसा गरेका थिए।
यस अघि पनि टेस्लाका अधिकारीहरु भारत आएर भारतीय अधिकारी तथा मन्त्रीहरुसँग भारतमा कार र ब्याट्रीको बेस निर्माण गर्नका लागि वार्ता गरेका थिए। यस वर्षको अन्त्यसम्म टेस्लाको नयाँ फ्याक्ट्री लोकेशन फाइनल गरिने मस्कले बताएका छन्।
प्रकाशित: ३० असार २०८०, शनिबार