चट्याङको कारण पर्सा जिल्ला अदालतका विद्युतीय सामग्रीमा लाखौंको क्षति

  • Technology Khabar | २९ असार २०८०, शुक्रबार
चट्याङको कारण पर्सा जिल्ला अदालतका विद्युतीय सामग्रीमा लाखौंको क्षति

काठमाडौं ।

पर्सा जिल्ला अदालत परिसरमा मङ्गलवार दिउँसो चट्याङ पर्दा विद्युतीय सामग्रीमा लाखौँको क्षति पुगेको छ भने दुई दिनपछि अदालतको सेवा संचालन भएको छ।

मङ्गलवार अदालत परिसरमा परेको चट्याङको कारण कार्यालयका कम्प्युटर, टेलिफोन, नेटवर्किङ र विद्युत् सेवा अवरुद्ध भएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी धनि प्रसाद चपाईले टेक्नोलोजीखबरलाई जानकारी दिएका छन्।

चट्याङको कारण अदालतमा रहेका २२ थान कम्प्युटरको सिपियु, १७ थान प्रिन्टर, ५ थान मनिटर, २ थान पङ्खा, २ थान स्टेप्लाईजर, ४ थान एमसिवी, ४ थान राउटर, ४ थान टेलिफोन लगायतका विद्युतीय उपकरणहरू नष्ट हुँदा लाखौँको क्षति पुगेको र टेलिफोन सेवा, नेटवर्किङ सेवा समेत अवरुद्ध हुँदा दुई दिन अदालतको कामकाज ठप्प भएको थियो।

विद्युत् सेवा बिहिबारदेखि सुचारु भएपनि टेलिफोन, नेटवर्किङ लगायतका सेवाका लागि मर्मतको कार्य जारी रहेको चपाईले बताए।

उनकाअनुसार अदालती कार्य शुरु भएको भएपनि अदालतका विभिन्न उपकरणहरुमा पनि असर परेको हुँदा त्यसको मर्मत लगायतका कार्यहरु समेत साथसाथै भईरहेको छ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...