‘डक्सिङ’ नेदरल्यान्ड्समा कानुनद्वारा दण्डनीय हुने

  • Technology Khabar | २९ असार २०८०, शुक्रबार
‘डक्सिङ’ नेदरल्यान्ड्समा कानुनद्वारा दण्डनीय हुने

काठमाडौं ।

डक्सिङ, वा कसैलाई धम्की दिन व्यक्तिगत डाटा साझेदारी गर्ने कार्य जनवरी २०२४ देखि नेदरल्याण्डमा कानूनद्वारा दण्डनीय हुन सक्छ।

ग्रीष्म विदाको अघिल्लो दिन डच संसदको माथिल्लो सदनले पारित गरेको विधेयकअनुसार अपराधीहरूलाई दुई वर्षसम्मको जेल सजाय वा २२,५०० यूरोसम्म जरिवाना हुन सक्छ।

यसका साथै निश्चित पेशा भएका व्यक्तिहरूलाई डक्सिङ गर्दा कडा सजाय हुन सक्छ।

अक्सफोर्ड डिक्स्नरीकाअनुसार सामान्यतया खराब उद्देश्यका साथ इन्टरनेटमा कुनै विशेष व्यक्तिको बारेमा निजी वा पहिचान गर्ने जानकारी खोज्ने र प्रकाशित गर्ने कार्य वा प्रक्रियालाई डक्सिङ भनिन्छ।

डक्सिङ्गमार्फत कसैको जानकारी बिना नै र अनुमति बिना नै अनलाइनमा उसको बारेमा बिबरणहरु प्रकाशित गर्ने गरिन्छ।

साइबर उत्पीडन विरुद्धको नियमको भागको रूपमा यसअघि नै दक्षिण कोरिया, हङकङ र क्यालिफोर्निया जस्ता केही अमेरिकी राज्यहरूमा यस्तै कानुनहरू पारित भएका छन्।

नेदरल्याण्डमा हालैका वर्षहरूमा डरलाग्दो तरिकाको रूपमा डक्सिङ गर्ने अभ्यास बढ्दो रूपमा सामान्य भएको समाचारमा उल्लेख छ। यसमा प्राथमिक उपचारकर्मीहरू, प्रहरी अधिकारीहरू, राजनीतिज्ञहरू, पत्रकारहरू, वैज्ञानिकहरू र कर्मचारीहरू सबै लक्षित छन्।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...