साढे ३३ अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात

  • Technology Khabar | २९ असार २०८०, शुक्रबार
साढे ३३ अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्सको आयात घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा ३३ अर्ब ६२ करोड २३ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ५० अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थिए। गत आवको तुलनामा चालु आवमा १७ अर्ब ११ करोड ४४ लाख रुपैयाँ अर्थात ३३.७ प्रतिशतले टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्सको आयात घटेको छ।

नेपालमा सबैभन्दा धेरै टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात हुने गरेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

चीनबाट २३ अर्ब २५ लाख ६ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

भारतबाट ७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

अन्य देशहरुबाट २ अर्ब ६५ करोड १८ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको तथ्यांकमा देखिन्छ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार