सञ्चार सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
सञ्चार सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश
फाइल तस्विर

काठमाडौं ।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।”

अदालतले आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिनु र यसपछिको सुनुवाइका लागि नियमानुसार पेस गर्न अदालतले भनेको छ।रासस

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २८ असार २०८०, बिहीबार

NOC from Nagarik App

  • २८ असार २०८०, बिहीबार

E-pension verification system launched

  • २८ असार २०८०, बिहीबार