एप्पलको इनोभेटिभ टु–ईन–वान आईप्याड डिजाइनको पेटेन्ट दर्ता

  • Technology Khabar | २८ असार २०८०, बिहीबार

काठमाडौं ।

ट्रिलियन डलरको कम्पनी एप्पलले उल्लेखनिय संख्यामा प्याटेन्टहरू प्राप्त गरेको छ र त्यस मध्ये विशेष भनेको इनोभेटिभ टु–ईन–वान आईप्याड डिजाइन रहेको छ।

आईटी होमले १२ जुलाईमा रिपोर्ट गरेअनुसार युनाईटेड स्टेट्स ट्रेडमार्क एण्ड प्याटेन्ट अफिस (यूएसपीटीओ) ले एप्पलले कुल ५३ ओटा पेटेन्टहरू सुरक्षित गरेको उल्लेख गरिएको छ।

भर्खरै प्राप्त गरेको डिजाइन प्याटेन्टले अवस्थित आईप्याडमा डिफर्मेबल सेल थपेर इनोभेटिभ अप्रोच प्रदर्शन गरेको उल्लेख छ। साथै आईप्याडको माथिल्लो भाग सुरक्षित रूपमा सेलसँग जोडिएको एउटा ईमेजले देखाएको र प्रयोगकर्ताहरूले आईप्याडबाट त्यस सेललाई अलग गरी विभिन्न कार्यको लागि भर्सटाइल स्ट्यान्डको रूपमा प्रयोग गर्न सक्ने छन्।

पेटेन्ट स्केचको विवरणलाई हेर्दा शेल एसेम्बलीले स्पष्टरुपमा वाइफाइ, ब्लुटुथ र अल्ट्रा–वाइडब्यान्ड (यूडब्ल्यूबी) सहित वायरलेस प्रोटोकल्सको एरे समर्थन गर्ने उल्लेख गरिएको छ। त्यसैगरी सेलसँग सुसज्जित दुई डिभाइसहरू नजिक भएको खण्डमा उक्त डिभाइसहरूले निर्बाध रूपमा सञ्चार र डाटा आदान प्रदान गर्न सक्ने बताइएको छ।

पेटेन्ट कागजातहरूले अन्य सम्भावित आईप्याड डिजाइनहरूको पनि झलक प्रदान गरेको र त्यसमा स्वाइप्स, पिन्चेस र इन्ट्रिकेट फिङ्गर मुभमेन्ट जस्ता जेस्चर डिटेक्सन सहितको भर्चुअल किबोर्डलाई पनि समर्थन गर्ने केसको क्षमता प्रदर्शन गरेको बताइएको छ।

टू–ईन–वन कार्यक्षमता प्रस्तुत गरेर टेक जायन्टले उत्पादकता र अनुकूलन क्षमता बढाउने उद्देश्य राखेको र यसले प्रयोगकर्ताहरूलाई विभिन्न मोड र कार्यहरू बीच सहज रूपमा ट्रान्जिसन गर्न सशक्त बनाउने उल्लेख गरिएको छ।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार