
काठमाडौं ।
चर्चित अनलाइन मोबाइल गेम पब्जी खेल्ने क्रममा बसेको पिरतीले पाकिस्तानी महिला र भारतीय युवालाई जेल पुर्याएको छ। २७ वर्षिय पाकिस्तानी महिला सीमा गुलाम हैदर र २२ वर्षिय भारतीय युवा सचिन मीनाले अर्कालाई पब्जी मार्फत २०१९ भेटेका थिए।
हिन्दुस्तान टाइम्सलाई हैदरले बताए अनुसार उनीहरु घण्टैसम्म गेम खेल्दै कुराकानी गथ्र्ये। तिनीहरूले चाँडै एकअर्काको लागि आफ्नो प्रेम व्यक्त गरेका थिए।
तर तिनीहरूको पिरतीमा जटिलता थियो। उनीहरु चिरप्रतिद्वन्द्वी मुलुकका बासिन्दा हुनुका साथै धर्ममा पनि भिन्नता थियो। हैदर मुस्लिम र मीना हिन्दु धर्मालम्बी हुन्।
यसका साथै हैदर विवाही महिलाका साथै ४ बच्चाकी आमा पनि हुन्। हैदरको श्रीमान गुलामा हैदर वैदेशिक रोजगारीका लागि साउदी अबरमा रहेको क्रममा मीनासँग उनको सम्बन्ध झांगिन पुगेको थियो।
हैदरले गत मार्चमा आफ्ना सन्तानबिना नेपालमा पहिलो पटक मीनालाई व्यक्तिगत रूपमा भेटेको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्सले रिपोर्ट गरेको छ।
मीनाले हैदरलाई झूटा वचन दिएर प्रलोभनमा पारेका नपारेको प्रहरीले बताएको छ।
टाइम्सका अनुसार रबुपुरा प्रहरी चौकीका प्रमुख सुधीर कुमारले भने, “मीना आर्थिक रूपमा बलियो नभएको हैदरलाई थाहा थियो। हैदर मीनको जागिरबाट प्रभावित नभए पनि उनको पब्जी कौशलबाट प्रभावित भएकी थिइन्।
मेमा हैदरले नेपाल आएर आफ्ना सात वर्ष मुनिका छोराछोरीसहित भारत जाने योजना बनाइन्। उनीहरुले युट्यूबमा सर्च गरेर यात्राको मार्ग बनाएका थिए।
हैदरका ससुरा मीर जान झाक्रानीले टाइम्सलाई बताए अनुसार हैदरले श्रीमानको जानकारी बिना नै पाकिस्तानमा रहेको उनको र श्रीमानको घर बेचेर भारतको यात्रामा निस्केकी हुन्।
हैदरले उक्त आरोपको खण्डन गर्दै आफ्नो अभिवावकको जमिन बिक्री गरेको बीबीसीलाई बताएकी छिन्। श्रीमानले उनलाई कुटपिट गर्ने र सम्बन्धविच्छेदको लागि माग गरेको भारतीय अधिकारीहरुलाई बताएकी छिन्।
बीबीसीका अनुसार एक महिनाभन्दा बढी समयदेखि हैदर र उनका चार छोराछोरी मीना र उनका बुबासँग नयाँ दिल्लीको दक्षिणमा रहेको ग्रेटर नोएडा सहरमा बस्दै आइरहेकी थिइन्।
एक वकिलले भारतीय अधिकारीहरूलाई सूचित गरेपछि दम्पतीलाई गत मंगलबार पक्राउ गरिएको टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ। दुबैले हैदरको बसोबास र विवाहको बारेमा वकिलसँग सल्लाह मागेका थिए।
हैदर र उनका चार छोराछोरीलाई अवैध रूपमा देश प्रवेश गरेको आरोपमा पक्राउ गरिएको थियो। भने बिना भिसा पाकिस्तानी नागरिकलाई आश्रय दिएको आरोपमा मीना र उनका बुबालाई पक्राउ गरिएको थियो।
इन्डियन एक्सप्रेसका अनुसार ती महिलाले “कुनै गलत नियतले सीमा पार नगरेको“ भन्दै स्थानीय अदालतले गत शनिबार तीन जनालाई रिहाका लागि जमानत दिएको छ।
यी दुई जोडीले अब बिहेका लागि भारत सरकारसँग मद्दत खोजिरहेको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: २८ असार २०८०, बिहीबार