“जीडीपी वीन ४ २०२३ ह्यान्डहेल्ड गेमिङ कन्सोल” को मूल्य तथा स्पेसिफिकेसन बाहिरियो

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
“जीडीपी वीन ४ २०२३ ह्यान्डहेल्ड गेमिङ कन्सोल” को मूल्य तथा स्पेसिफिकेसन बाहिरियो

काठमाडौं ।

जीडीपी वीन ४ २०२३ ह्यान्डहेल्ड गेमिङ कन्सोल लन्च अघि मूल्य निर्धारण तथा स्पेसिफिकेसन सहित प्रकट भएकाे छ। डिभाइस जुलाई १७ मा लन्च हुनेछ।

इन्डी गाे अभियान सुरु हुनु अघि, ब्रान्डले नयाँ पुस्ताका ह्यान्डहेल्डहरूको मूल्य घोषणा गरेको हो। ह्यान्डहेल्ड दुई फरक प्रोसेसर कन्फिगरेसनहरूमा आउने बताइएकाे छ। पहिलो रेजेन ५-७६४० यू फिचर हुने तथा अधिक शक्तिशाली मोडेलले रेजेन ७-७८४० यू फिचर गर्नेछ। यी दुबै प्रोसेसरहरू आरडीएनए ३ आर्किटेक्चरमा आधारित जेन ४ सीपीयू कोर र आइजीपीयू एससँग आउनेछन्।

वीन ४ ले ६० हर्ज रिफ्रेस दर र ३६८ पीपीआइ पिक्सेल घनत्वको साथ ६″ एफएचडी डिस्प्ले फिचर गर्ने बताइएकाे छ। कन्सोलमा स्लाइडिङ डिस्प्ले रहेकाे जसले ब्याकलिट कीहरू सहितको पूर्ण क्वार्टी किबोर्ड देखाउने उल्लेख छ।

यसमा एएसी डुअल स्पिकरहरू, विन्डाेज ११, एक माइक्रोएसडी कार्ड स्लट, तथा ४जी लाइट सिम कार्डको लागि समर्थन रहेकाे छ।

कन्सोलले वाइफाइ ६ समर्थन, यूएसवी ४ पोर्ट, र पीसीआइ इ  जेन ४ पोर्ट पनि प्रदान गर्ने उल्लेख छ। जीपीडीले उच्च प्रत्याशित वीन ४ जुलाई १७, २०२३, ०२:०० यूटीसी बाट खरिदका लागि उपलब्ध हुने घोषणा गरेको बताइएकाे छ।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार