पियाजो १ प्लस ई–स्कुटर भारतमा लन्च

  • Technology Khabar | २७ असार २०८०, बुधबार
पियाजो १ प्लस ई–स्कुटर भारतमा लन्च

काठमाडौं ।

प्रसिद्ध इटालियन स्कुटर निर्माता पियाजो आफ्नो प्रतिष्ठित भेस्पा स्कुटरका लागि परिचित रहेको छ। पियाजोले अब भारतमा आफ्नो नयाँ पियाजो १+ (वान प्लस) ई–स्कुटर लन्च गरेको छ।

यस इलेक्ट्रिक स्कुटरले भारतका प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक यात्राको लागि भरपर्दो वातावरणमैत्री विकल्प ल्याएको उल्लेख छ। पियाजो १ प्लस (वान प्लस)लाई गत वर्ष नोभेम्बरमा ‘२०२२ ईआईसीएमए’ मा पहिलो पटक इटालीको मिलानमा पियाजो १ सँगसँगै घोषणा गरिएको गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।

पियाजो १ प्लस इलेक्ट्रिक स्कुटर एक इम्प्रेसिभ रेञ्ज (प्रभावशाली दायरा) को साथ आएको छ। साथै राइडरहरूले सिङ्गल चार्जमा सजिलैसँग १०० किलोमिटरसम्मको दूरी कभर गर्न सक्ने छन्।

यस ई–स्कुटरमा फिचर गरिएको रोबस्ट १७००/वाट बीएलडीसी इलेक्ट्रिक मोटरले उल्लेखनीय शक्ति र दक्षता प्रदान गर्न सक्षम रहनुका साथै स्मुथ र एक्सिलेरेटिङ्ग राइडको सुनिश्चित गर्ने उल्लेख छ।

यसबाहेक पियाजो १+ मा रिमुभेबल २.३ केडब्लुएच लिथियम–आयन ब्याट्री प्याक पनि समावेश गरिएको र यसले लङ्ग–लास्टिङ्ग पर्फमेन्स दिनेछ। यस ई–स्कुटरमा रहेको भर्सटाइल चार्जिङ सिस्टमले डाउनटाइमलाई न्यूनीकरण गर्दै नर्मल र फास्ट चार्जिङ्गको दुई ओटा विकल्पहरू प्राप्त हुने र राइडरहरूलाई सुविधाको सुनिश्चिता प्रदान गर्ने उल्लेख गरिएको छ।

इम्प्रेसिभ रेञ्ज (प्रभावशाली दायरा) र ब्याट्री क्षमताहरूको अतिरिक्त पियाजो १+ ले धेरै उन्नत फिचर्स (सुविधाहरू) प्रदान गर्ने बताइएको छ। पियाजो १+ मा रिमोट एक्सेस, एलईडी लाइट्स, स्टार्ट बटन, डिजिटल स्पीडोमिटर, डिजिटल ओडोमिटर, यूएसबी पोर्ट र मल्टिपल राइडिङ मोडहरू जस्ता यूनिक फिचर्स समावेश गरिएको उल्लेख छ।

पियाजो १+ ई–स्कुटरको मूल्य लगभग भारु १.५ लाख रहेको छ।

प्रकाशित: २७ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार