
काठमाडौं ।
युरोप र संयुक्त राज्य अमेरिका बीचको डाटा ट्रान्सफरलाई एक ईयू अदालतले सन् २०२० मा अवैध ठहर गरेको थियो। अब त्यसको लगभग तीन वर्ष पश्चात युरोपियन कमिसन (युरोपेली आयोग) ले नयाँ पर्याप्तता निर्णय अपनाएको घोषणा गरेको र यसले अनिवार्य रूपमा फेसबुक, गुगल र एप्पल जस्ता कम्पनीहरूलाई उनीहरूको अमेरिकी सर्भरहरूमा युरोपेली प्रयोगकर्ताहरूको डाटा भण्डारण गर्न अनुमति दिने छ।
ईयू–यूएस डाटा प्राइभेसी फ्रेमवर्कले युरोपियन कोर्ट अफ जस्टिसले उठाएका सबै सरोकारहरूलाई सम्बोधन गर्न नयाँ बाइन्डिङ्ग सेफगार्डस (बाध्यकारी सुरक्षाहरू) प्रस्तुत गरेको आयोगद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
यूएस इन्टेलिजेन्स सर्भिसेसलाई भने अझै पनि ईयू डाटामा पहुँच गर्न अनुमति नदिइने र त्यहाँ सबै युरोपेलीहरूका लागि पहुँचयोग्य डाटा प्रोटेक्सन रिभ्यू कोर्ट (डाटा संरक्षण समीक्षा अदालत) स्थापना गरिने बताइएको छ।
त्यसैगरि फ्रेमवर्कले प्रभावकारी रूपमा व्यक्तिगत डाटाको सुरक्षाका लागि सुधारिएको संयन्त्रलाई प्रस्तुत गरेको र अमेरिकाले पनि प्राइभेसी अब्लिगेसन (गोपनीयता दायित्वहरू) को नयाँ विस्तृत सेटको पालना गर्ने ईयूको विश्वास रहेको उल्लेख गरिएको छ।
मेटाले तेस्रो पक्षहरूलाई डाटा स्थानान्तरण गरेको र सुरक्षा आवश्यकताहरू पूरा नगरेको भन्दै ईयूले मेटालाई यसै प्रकारको समान मुद्दामा १.२ बिलियन यूरो (१.३२ बिलियन डलर) जरिवाना तिराएको थियो।
यद्यपी एडुक्वेसि डिसिजनमा मौलिक गोपनीयता अधिकारहरूको बारेमा “स्पष्टताको अभाव” रहेको हुनाले यसलाई इयूको शीर्ष अदालतमा अझै पनि आगामी महिनाहरूमा गोपनीयता अभियानकर्ताहरूद्वारा अपील गर्न सकिने उल्लेख गरिएको छ।
प्रकाशित: २६ असार २०८०, मंगलवार