
काठमाडौं ।
एप्पलको आईफोन १५ सिरिजको डेब्यू आगामी सेप्टेम्बरका लागि तय गरिएको छ भने प्रशंसकहरू उत्सुकतापूर्वक यस नयाँ लाइनअपको आगमनको पर्खाईमा रहेका छन्।
यस सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स गरेर कुल चार ओटा मोडलहरू रहने उल्लेख छ। साथै आगामी डिभाइसहरूको डिजाइन, प्राईसिङ्ग (मूल्य निर्धारण) र कलर (रङ्ग) भेरियन्टहरूको बारेमा जानकारी प्रदान गर्दै वर्षभरि असंख्य लीक्स र रिपोर्टहरू देखा परेका छन् ।
म्याकरुमर्सको हालैको रिपोर्टअनुसार आईफोन १५ प्रोले नयाँ कलर (रङ्ग) भेरियन्ट प्रस्तुत गर्ने उल्लेख गरिएको छ। डिभाइसमा सब्टल ग्रे (खैरो) टोनको साथ डार्क ब्लू (गाढा नीलो) रङ फिचर गरिने बताइएको छ। साथै यस रङ्ग भेरियन्टका रेन्डरहरू अन्नोन्ज२१ सँगको सहकार्यमा अनावरण गरिएको छ भने उक्त रेन्डरहरूले प्रयोगकर्ताहरूलाई आगामी नयाँ डिभाइसको झलक प्रदान गरेको बताइएको छ।
आईफोन १५ प्रोमा पनि आईफोन १२ प्रो मोडेलहरूको जस्तै टाइटेनियम सामग्री रहने बताइएको छ। तर उक्त टाइटेनियम सामग्रीको सेड अलि गाढा हुने उल्लेख गरिएको छ। साथै प्रोटोटाइप डिभाइसहरूमा प्रयोग गरिएका यस कलर (रङ्ग) भेरियन्ट फाइनल प्रोडक्ट (अन्तिम उत्पादन) लाइनअपमा समावेश गरिने बलियो सम्भावना रहेको उल्लेख गरिएको छ।
आईफोन १५ प्रो मोडलहरूको डिजाइन आफ्नो पूर्ववर्ती आईफोन १४ प्रो को जस्तै समान हुने बताइएको छ। यद्यपि, आईफोन १५ प्रो मोडलहरूमा मल्टि–फङ्गसन म्यूट बटनले म्यूट स्विचलाई प्रतिस्थापन गर्ने जस्ता केही साना सम्भावित भिन्नताहरू रहेको उल्लेख गरिएको छ।
अर्को उल्लेखनीय परिवर्तन भनेको आईफोन १५ प्रो मोडलहरूमा यूएसबी–टाइप सी पोर्टले समोवश गरिएको छ र यस यूएसबी–टाइप सी पोर्टले अघिल्लो मोडेलहरूमा रहेका लाईटनिङ्ग पोर्टलाई प्रतिस्थापन गर्ने बताइएको छ।
आईफोन १५ प्रो मोडलहरूमा नयाँ पेरिस्कोप क्यामेरा प्रविधि पनि समावेश गरिने उल्लेख छ। साथै यी डिभाइसहरूमा निकै प्रतिक्षा गरिएको ए१७ चिपहरू पनि रहने अपेक्षा गरिएको छ।
प्रकाशित: २६ असार २०८०, मंगलवार