टिकटकको सशुल्क संगीत एप ब्राजिल र इन्डोनेसियामा सुरु

  • Technology Khabar | २६ असार २०८०, मंगलवार
टिकटकको सशुल्क संगीत एप ब्राजिल र इन्डोनेसियामा सुरु

काठमाडौं ।

टिकटकको मालिक बाइटडान्सले ब्राजिल र इन्डोनेसियामा टिकटक म्यूजिक, सशुल्क र विज्ञापन-रहित संगीत एप्लिकेसन सुरु गरेको छ।

सदस्यताको लागत एकल प्रयोगकर्ताका लागि १६.९० ब्राजिलियन लिरा र ४४,९०० इन्डोनेसियन रुपिया तथा ६ ओटा प्रयोगकर्ता खाताहरूसम्मको पारिवारिक योजनाको लागि २६.९० लिरा तथा ७९,००० रुपिया तोकिएको छ।

यसमा विद्यार्थीहरूले आधा मूल्य तिर्छन्, र सबैले स्ट्रिमिङ सेवाको पहिलो महिना निःशुल्क सेवा प्राप्त गर्न सक्छन्।

प्रकाशित: २६ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार