
काठमाडौं ।
शाओमी १४ श्रृंखलाको विशेषताहरुको पहिलो लीक बाहिरिएको छ। टीप्सटर डिजिटल च्याट स्टेशनद्वारा साझा गरिएको लिकमा शाओमी १४ ले स्लिम बेजेल र केन्द्रित पंच-होल कटआउटको साथ फ्ल्याट स्क्रिन ल्याउने छ। जुन यसको पूर्ववर्तीसँग मिल्दोजुल्दो देखिन्छ।
पछाडिको वरिपरि शाओमी १३ शृङ्खलाको मुख्य र टेलिफोटो क्यामरा सेन्सरहरूको लागि ठूला कटआउटहरूका साथ समान स्क्वायर क्यामरा आईल्याण्ड देख्न सकिने बताइएको छ। अन्य दुई कटआउटहरू अल्ट्रावाइड क्यामरा सेन्सर र एलईडी फ्ल्यासको लागि रहेको उल्लेख छ।
गत हप्ताको बाहिरिएको जानकारीअनुसार, शाओमी १४ ले स्न्यापड्रागन ८ जेन ३ चिपसेट र ९० वाट फास्ट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङको साथ ४,८६० एमएएच ब्याट्री बुस्ट गर्ने बताइएकाे थियाे। शाओमी १४ प्रोले उही चिपसेट र १२० वाट वायर्ड तथा ५० वाट वायरलेस चार्जिङको साथ ठूलो ५,००० एमएएच ब्याट्रीको साथ डेब्यू गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २६ असार २०८०, मंगलवार