काठमाडौं ।
ओएलईडी प्रविधि अपनाउनका लागि एप्पल सधैँ ढिलो र हिचकिचाइरहेको देखिने गरेको छ। साथै केही आईफोन र एप्पल वाच प्रोडक्टहरूले टेक्नोलोजीको मजा र फाइदाहरू लिइरेहेका छन भने आईप्याड र म्याकबुक प्रोडक्टसमा ओएलईडी आउन बाँकी नै रहेको छ।
आईप्याड र म्याकबुक, दुबै उत्पादनहरूले चाँडै नै ओएलईडी प्राप्त गर्ने अफवाह रहेको अनुसन्धान फर्म ओमडियाको नयाँ रिपोर्टले जनाएको छ। साथै उक्त रिपोर्टकाअनुसार लाइनमा म्याकबुक भन्दा पहिलो आईप्याड रहेको हुनसक्ने उल्लेख गरिएको छ।
एप्पलले विशेष रूपमा आफ्नो २०२४ को ११ इन्च र १३ इन्च आईप्याड प्रो मोडलहरूमा ओएलईडी ल्याउने ट्र्याकमा रहेको बताइएको छ। साथै उक्त मोडलहरुको उत्पादन आगामी वर्षको पहिलो त्रैमासिकबाट सुरु हुने उल्लेख छ।
एप्पलले यसका लागि लो–टेम्प्रेचर मल्टि–क्रिस्टलाइन अक्साइड (एलटीपीओ) ओएलईडी प्यानलहरू बनाउन दिने योजना गरिरहेको स्रोतले दावी गरेको छ। कुपर्टिनोले आफ्नो ट्याब्लेटहरूको लागि टप–अफ–द–लाइन ओएलईडी प्रयोग गर्ने संकेत गरेको बताइएको छ।
एप्पलले आईप्याड प्रो मोडलहरूको लागि प्रयोग गरेको हालको मिनी एलईडी एलसीडी प्यानलहरूले यसअघि नै एलसीडी क्षेत्रले प्रदान गर्ने उत्कृष्टताको प्रतिनिधित्व गरेको उल्लेख छ।
एप्पलको उत्कृष्ट मिनी एलईडी डिस्प्लेको तुलनामा ओएलईडीमा स्विच गरेको खण्डमा पनि यसको धेरै फाइदाहरू हुने बताइएको छ। यसमा उत्कृष्ट कन्ट्रास्ट र एचडीआरको लागि पर–पिक्सेल लाईट कन्ट्रोल रहेको उल्लेख छ। साथै यसमा रहेको पावर इफिसेन्सी बेनिफिट्सलाई सम्भावित रूपमा एप्पलले पुस गरेर (धक्का दिएर) अझ हाईयर ब्राईटनेस लेभल (उच्च चमक स्तरहरू) को लागि प्रयास गर्न सक्नेछ। एलटीपीओ टेकले अझ धेरै शक्ति बचतको लागि भनेर डाईनामिक डिस्प्ले रिफ्रेस रेट समायोजनको लागि अनुमति दिनेछ।
ओएलईडी प्यानलहरू म्याकबुक मोडलहरूमा २०२४ को अन्त्यसम्ममा नआउने केहि रिपोर्टहरुमा उल्लेख गरिएको छ। साथै ओएलईडी प्यानलहरू सहितको म्याकबुक मोडलहरू २०२७ मा आउने अपेक्षा गरिएको बताइएको छ।
प्रकाशित: २६ असार २०८०, मंगलवार