
काठमाडौं ।
पब्जी मोबाइलको सर्वाधिक ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदैछ। पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) २०२३ जुलाई ११ देखि १६ सम्म साउदी अरबको रियादमा आयोजना हुँदैछ।
पब्जीको विश्वकपको रुपमा रहेको पीएमडब्ल्यूआई दुई स्टेजमा खेलिनेछ। एउटा अलस्टा र अर्को मुख्य इभेन्ट। अल स्टार इभेन्ट ११ जुलाईदेखि १३ जुलाईसम्म १८ टिमले प्रतिस्पर्धा गर्नेछन् र यसमा शीर्ष ६ स्थानमा पर्ने टिम मुख्य इभेन्टका लागि छनोट हुनेछन्। आफ्नो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने १० टिमलाई पहिलै नै मुख्य इभेन्टका लागि छनोट भइसकेका छन्।
नेपाली टिम डीआरएस गेमिङले अल स्टार इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। डीआरएस गेमिङले आफ्नो क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि समर्थकहरुको भोटिङका आधारमा प्रतियोगितामा सहभागी हुने मौका प्राप्त गरेको हो।
अल स्टार इभेन्टको कुल पुरस्कार राशी १० लाख अमेरिकी डलर छ भने मुख्य इभेन्टको पुरस्कार राशी २० लाख अमेरिकी डलर राखिएको छ।
मुख्य इभेन्ट १४ जुलाईदेखि १६ जुलाईसम्म आयोजना हुनेछ। प्रत्येक दिन ६ ओटा खेल खेलाइनेछ। यस प्रतियोगितामा सहभागी सबै खेलाडीले अनरको म्याजिक५ प्रो स्मार्टफोन प्रयोग गर्नेछन्।
प्रकाशित: २६ असार २०८०, मंगलवार