
काठमाडौं ।
बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक स्कूटर लाइनअप विस्तार गर्ने क्रममा नयाँ सीई ०२ इलेक्ट्रिक स्कूटरको घोषणा गरेको छ। भर्खरै उपलब्ध भएको सीई ०४ भन्दा सानो रहेको यस नयाँ सीई ०२ इलेक्ट्रिक स्कूटरलाई युवा खरिदकर्ता लक्षित गरिएको छ।
सीई ०२ लाई वास्तवमा स्कूटर नभएर बीएमडब्ल्यूले यसलाई ईपार्कोर भनेको छ। साथै सीई ०२ ईभी पावरट्रेन सहितको होन्डा रुकुसको एक उत्कृष्ट संस्करण जस्तै देखिएको इन्ग्याजेटले जनाएको छ।
बीएमडब्ल्यूको अनुसार ११ किलोवाट संस्करणको ५५ माइल भन्दा बढीको दायरा रहेको र लगभग ५९ माइल प्रति घण्टाको उच्च गति प्रदान गर्नेछ। त्यस कारणले गर्दा सीई ०२ निश्चित रूपमा शहर–वरपर यातायातको स्रोतको रूपमा निर्माण गरिएको उल्लेख छ। साथै यसको मूल्य ७,५९९ डलर रहेको छ। त्यसैगरी ठूलो, सबैभन्दा शक्तिशाली र लामो–दायरा सीईको मूल्य १२,७०० डलर रहेको उल्लेख छ।
बीएमडब्ल्यूले स्पिड (गति), स्पिड लिमिट (गति सीमा), गियर (ग्यास बाइकका लागि) र टर्न–टर्न डिरेक्सनहरू देखाउने मोटरराड कम्प्यानियन स्मार्ट ग्लासेस पनि देखाएको छ। ग्लासेसले मोटरराड एप प्रयोग गर्ने कम्पनीको हालको कुनै पनि बाइकको साथ काम गर्ने बताइएको छ भने यसको मूल्यको बारेमा कुनै पनि जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।
सीई ०२ ई-स्कूटर २०२४ को वसन्तमा उपलब्ध हुनेछ भने स्मार्ट ग्लासेस यस गर्मीमा उपलब्ध हुने उल्लेख गरिएको छ।
प्रकाशित: २५ असार २०८०, सोमबार