
काठमाडौं ।
रियल टाइममा अर्बपति इलन मस्कको निजी जेट ट्र्याक गर्ने अकाउन्ट ट्विटरको प्रतिद्वन्द्वी थ्रेड्समा सरेको छ।
इलन मस्कको निजी जेट ट्र्याक गर्नेको सिर्जनाकर्ता ज्याक स्वीनी गत वर्ष ट्विटरबाट निलम्बित भएपछि मार्क जुकरबर्गको ट्विटरको प्रतिद्वन्द्वी थ्रेड्समा सरेका हुन्।
इलनजेट थ्रेडसमा आईपुगको छ। अकाउन्ट ह्यान्डलबाट बिहीबार स्वीनीले पहिलो पोस्ट गरे। @elonmusksjet अकाउन्टले शनिबार बिहानसम्म २१ हजार भन्दा बढी फलोअर्स प्राप्त गरिसकेको छ।
एलोनजेटले सार्वजनिक डोमेनमा उपलब्ध डाटा प्रयोग गरेर मस्कको निजी जेटको मूभमेन्टहरु ट्र्याक गर्दै आइरहेको छ।
ग्त डिसेम्बरमा मस्कको स्वामित्वमा रहेको ट्विटर इन्कले इलनजेट अकाउन्ट निलम्बन गरेको थियो। अर्बपतिले आफ्नो छोराको गल्तीले “पागल स्टकर“ ले पछ्याएको भन्दै अकाउन्ट सञ्चालक विरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएका थिए।
ट्विटरको सिधा प्रतिद्वन्द्वीको रुपमा गत हप्तादेखि प्रयोगमा आएको थ्रेडस सार्वजनिक भएको छोटो समयमै करोडौं प्रयोगकर्ता प्राप्त गरिसकेको छ।
प्रकाशित: २५ असार २०८०, सोमबार