आरजु जोडिएको अडियो थुनामा रहेका सन्देश शर्मासँग मिल्यो, टिकटक अपलोड बारे अनुसन्धान हुँदै

  • Technology Khabar | २४ असार २०८०, आईतवार
आरजु जोडिएको अडियो थुनामा रहेका सन्देश शर्मासँग मिल्यो, टिकटक अपलोड बारे अनुसन्धान हुँदै

काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा. आरजु राणा देउवाले साइबर ब्यूरोमा दिएको उजुरीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सो बारेमा राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिईन्।

हालै प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयबाट जारी भएको र सार्वजनिक भएको एक पत्रअनुसार सो अडियो परीक्षण गर्दा त्यसमा भएको स्वर सोही प्रकरणमा हाल थुनामा रहेका दाङ घर भएका सन्देश शर्माको भएको खुलेको छ।

उक्त अडियोमा राणासहित हाल थुनामै रहेका बालकृष्ण खाणकी श्रीमती मन्जु खाँडलाई रकम बुझाएको बताईएको छ।

उक्त अडियो सक्कली रहेपनि साइबर ब्युरोले टिकटक सिंगापुरलाई उक्त अडिओ सबैभन्दा पहिला कसले अपलोड गरेको हो भनेर पत्ता लगाइदिन पत्र लेखेको थियो। तर टिकटकले अहिलेसम्म उक्त पत्रको जवाफ नपठाइसकेको सार्वजनिक पत्रमा उल्लेख छ।

यसका साथै निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली जिल्ला अदालतमा कारवाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराईएको छ।

प्रकाशित: २४ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...