मालवस्तुको प्याकिङमा बारकोड र क्यूआर कोडमार्फत पैठारीकर्ता र बजार वितरकले जानकारी दिने

  • Technology Khabar | २४ असार २०८०, आईतवार
मालवस्तुको प्याकिङमा बारकोड र क्यूआर कोडमार्फत पैठारीकर्ता र बजार वितरकले जानकारी दिने

काठमाडौं ।

पैठारी हुने तयारी मालवस्तुमा बाजरमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकले बार कोड, क्यूआरकोड, सुरक्षा स्टीकर लगायत आफ्नो पहिचान राख्न सक्ने भएका छन्।

यस्ता बार कोड, क्यूआरकोडमा उक्त वस्तु तथा सेवाको बारेमा सम्पूर्ण बिबरण राखिएको हुनुपर्नेछ। जसअनुसार उपभोक्ताले सो आयातित वस्तु तथा सेवाको बारेमा स्पष्ट जानकारी हासिल गर्न सक्ने उद्देश रहेको छ।

आर्थिक ऐन २०८० को भन्सार सम्बन्धी अनुसूचि–१ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुसार साउन १ गते पछि पैठारी हुने तयारी मावस्तु बजारमा वितरण अघि बार कोड, क्यूआरकोड, सुरक्षा स्टीकर लगायत आफ्नो पहिचानको पैठारीकर्ता र वितरणले राख्न सक्ने भएका हुन्।

आर्थिक ऐन २०८० अनुसार पैठारी हुने तयारी मालवस्तु बाजरमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनु पर्ने भन्सार विभागले एक सूचनामार्फत जनाएको छ।

पैठारी भएको मालवस्तुको लेवलमा पैठारीकर्ता र बजार वितरकले यस्तो विवरण उल्लेख गर्नुपर्नेछ

  • पैठारीकर्ता र बजार वितरकको नाम
  • ठेगाना
  • इमेल ठेगाना/वेबसाइट
  • एक्जिम कोड
  • मालवस्तु पैठारी भएको अवस्थामा वा बजार वितरणका लागि पठाउनु अघि लेवल लगाउन सकिने।
  • उल्लेखित लेवल उद्योगको कच्चा पदार्थको रुपमा पैठारी हुने मालवस्तु औद्योगिक मेशिनरी तथा उपकरण एवं निर्माण कार्यमा प्रयोग हुने संरचनाहरु जस्ता मालवस्तु बाहेक आम उपभोक्तालाई प्रत्यक्ष रुपमा बिक्री वितरण हुने अन्य सबै प्रकारका मालवस्तुमा लगाउनु पर्ने।
  • उल्लिखित लेवल पैठारी भएका मालवस्तुको प्रत्येक ईकाइमा र मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक ईकाइमा लेबल लगाउन नमिल्ने भएमा त्यसपछि प्याकिङ्ग गर्दा हुने सानो इकाईमा लगाउनु पर्ने।
  • एउटै पैठारीकर्ताको धेरै बजार वितरक हुन सक्ने हुँदा बजार वितरकको लेवल सम्बन्धित बजार वितरक आफैले लगाउन सक्ने।
  • उल्लिखित लेवल नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने।
  • लेवलको दुरुपयोग हुन नदिन पैठारीकर्ता तथा वितरकले लेबल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्नु पर्ने।
  • पैठारीकर्ता/वितरकले लेवलमा Bar Code, QR Code, सुरक्षा स्टीकर लगायतका आफ्नो पहिचान राख सक्ने।

प्रकाशित: २४ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...