सञ्चार सचिव कृष्णबहादुर राउत ललिता निवास प्रकरणमा पक्राउ

  • Technology Khabar | २४ असार २०८०, आईतवार
सञ्चार सचिव कृष्णबहादुर राउत ललिता निवास प्रकरणमा पक्राउ
फाइल तस्विर
Global IME Bank

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई काठमाडौंबाट ललिता निवास मुद्दाको विषयमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

सीआईबीले आइतबारै यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ।

बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

हाल सञ्चार मन्त्रालयको सचिव रहेका कृष्णबहादुर राउत ०६६/६७ को समयमा प्रधानमन्त्री निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई जग्गा सट्टाभर्ना दिने गरी भएको निर्णयका बेला भौतिक योजना मन्त्रालयमा शाखा अधिकृत थिए ।

राउत २०७८ पुस २१ मा सचिव भएका थिए भने केहि महिनाअघि मात्र सञ्चार मन्त्रालयमा सरुवा भएका थिए।

आन्तरिक प्रशासन शाखा प्रमुख छँदा उनले उठाएको टिप्पणी तहगत रूपमा सदर भई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको थियो ।

उनीसहितका अधिकारीहरुलाई पक्राउ गर्नेगरी प्रहरीले यसअघि नै पूर्जी लिईसकेको थियो।

*हेडलाइन सम्पादन

प्रकाशित: २४ असार २०८०, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार