जेम्स वेब टेलिस्कोपको नयाँ रेकर्ड! पत्ता लगायो अहिलेसम्मकै सबैभन्दा टाढाको ब्ल्याक होल

  • Technology Khabar | २४ असार २०८०, आईतवार
जेम्स वेब टेलिस्कोपको नयाँ रेकर्ड! पत्ता लगायो अहिलेसम्मकै सबैभन्दा टाढाको ब्ल्याक होल

काठमाडौं ।

जेम्स वेब स्पेस टेलिस्कोप, अन्तरिक्षमा तैनाथ गरिएको सबैभन्दा ठूलो टेलिस्कोपले ब्रह्माण्डका रहस्यहरू उजागर गर्दैछ। यसले गत वर्षको जुलाईमा काम सुरु गरेको थियो। त्यसबेलादेखि अहिलेसम्म यसले धेरै यस्ता तस्विरहरू देखाएको छ जुन यसअघि सार्वजनिक गरिएको थिएन।

यसपटक जेम्स वेबले अर्को कीर्तिमान बनाएको छ। टेलिस्कोपले ब्रह्माण्डमा अहिलेसम्म देखिएको सबैभन्दा टाढाको ब्ल्याक होल पत्ता लगाएको छ। यो विशाल ब्ल्याक होल हाम्रो सूर्य भन्दा ९ करोड गुणा ठूलो भएको अनुमान गरिएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो कथित ब्ल्याक होल ‘बिग ब्याङ्ग’ को घटना भएको ५७ करोड वर्षपछि बनेको हुन सक्ने विश्वास गरेको छ। यो सीर्स १०१९ (CEERS 1019) नामक आकाशगंगामा अवस्थित छ। वैज्ञानिकहरूले यस ग्यालेक्सीमा २ ओटा सानो ब्ल्याक होल पनि पत्ता लगाएका छन्। यो अनुमान गरिएको छ कि तिनीहरू बिग ब्यांगको १ अर्ब वर्ष पछि गठन भएको थियो।

जेम्स वेब टेलिस्कोपको नजिक र मध्य इन्फ्रारेड तस्विरहरू सुपरमासिभ ब्ल्याक होल पत्ता लगाउन प्रयोग गरियो। जेम्स वेब टेलिस्कोपको सबैभन्दा ठूलो विशेषता भनेको यसले अन्तरिक्षको अन्धकारमा उच्च रिजोल्युसनयुक्त छविहरू प्राप्त गर्न सक्छ। नासाले यो टेलिस्कोप डिसेम्बर २०२१ मा लन्च गरेको थियो। जेम्स वेबको निर्माण लागत १० अर्ब डलर थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सीले सीर्स १०१९ मा भेटिएको ब्ल्याक होल प्रारम्भिक ब्रह्माण्डमा पत्ता लागेको ब्ल्याक होलभन्दा सानो रहेको पनि जानकारी दिएको छ। यो ९ मिलियन सौर्य पिण्ड बराबर छ। यो हाम्रो आकाशगंगाको केन्द्रमा रहेको ब्ल्याक होलसँग मिल्दोजुल्दो छ। यसको द्रव्यमान पनि ४.६ मिलियन सौर्य पिण्ड मानिन्छ।

यसका साथमा जेम्स वेब टेलिस्कोपले चाँडै नै यस्तो ब्ल्याक होल पत्ता लगाउने छ, जो भर्खरै पत्ता लागेको ब्ल्याक होलभन्दा धेरै टाढा हुनसक्ने भनी वैज्ञानिकहरूलाई पनि लागेको छ।

प्रकाशित: २४ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...