फोरजी स्मार्टफोन जियो भारतको बिक्री सुरु, मूल्य भारु ९९९

  • Technology Khabar | २४ असार २०८०, आईतवार
फोरजी स्मार्टफोन जियो भारतको बिक्री सुरु, मूल्य भारु ९९९

काठमाडौं ।

रिलायन्स जियोले ९९९ भारु मूल्यमा किफायती मूल्यमा ‘जियो भारत’ बजेटमैत्री फोन प्रस्तुत गरेको छ। जुलाई ७ देखि बिक्री सुरु सुरु गरिएको रिलायन्स जियोले यस डिभाइसलाई व्यापक रूपमा अपनाएर भारतबाट २जी प्रविधि हटाउने लक्ष्य राखेको लाइभमिन्टले उल्लेख गरेको छ।

जियो फोन विशेष गरी महँगो स्मार्टफोन किन्न नसक्ने तर आधारभूत फिचर्स प्रयोग गर्न चाहने प्रयोगकर्तालाई लक्षित गरि ल्याइएको हो।

फोनको साथै जियोले सस्तो मोबाइल प्लान जियो भारत मोबाइल प्लान लन्च गरेको छ।

जियो भारत फोरजी

शुक्रबारदेखि, जियो भारत फोनको करिब १० लाख यूनिट बिक्रीका लागि उपलब्ध छन्। यी फोनहरू देशभरका ६ हजार ५०० तहसीलहरूमा बिटा ट्रायलको हिस्साको रूपमा प्रस्ताव गरिनेछ। फोन रिलाइन्स डिजिटल स्टोर, जियो रिटेल आउटलेट र अन्य मोबाइल रिटेल आउटलेटबाट खरिद गर्न सकिन्छ।

जियो भारत फोन दुई भेरियन्ट जियो भारत भी२ र जियो भारत के१ कार्बन उपलब्ध छ। जियो भारत भी २ रिलायन्ट जियोले तयार गरेको हो जियो भारत के१ कार्बन जियो र स्मार्टफोन कम्पनी कार्बनको सहकार्यमा निर्माण गरिएको हो। साथै, अन्य स्मार्टफोन कम्पनीहरूले जियोद्वारा प्रदान गरिएको ’जियो भारत प्लेटफर्म’ प्रयोग गरेर आफ्नै मोबाइल डिभाइसहरु निर्माण गर्न सक्छन्।

जियो भारत भी२

जियो भारत भी२ दुई रंग ऐश ब्लू र सोलो ब्ल्यामा उपलब्ध छ। फोनमा सिंगल रियर क्यामरा छ। हेडफोन ज्याकले सुसज्जित फोनले उच्च गुणस्तरको आवाजको ग्यारेन्टी दिन्छ। प्रयोगकर्ताहरुले फोरजी उपयोग गर्नुका साथै जियो एपको प्रयोगबाट चलचित्रहरु हेर्न सक्छन्।

जियो भारत के१ कार्बन

फोनको फ्रन्टमा ‘भारत’ लोगो र रियरमा कार्बनको लोगो देखाइएको छ। यो सिंगल कलर ’ग्रे र रेड’ मा उपलब्ध छ। फोनको रियरमा क्यामरा छ र जियोपीले यूपीआई मार्फत भुक्तानी सपोर्ट गर्छ। प्रयोगकर्ताले जियोसिनेमा एप मार्फत चलचित्र र खेलकुदको मजा लिन सक्छन्। दुबै फोनहरू परम्परागत फीचर फोनहरूको सम्झना दिलाउने किप्याडमा उपलब्ध छ।

जियो भारत मोबाइल प्लान

कम्पनीले यी स्मार्टफोनहरुका लागि जियो भारत मोबाइल प्लान सार्वजनिक गरेको छ। यस प्लान अन्तर्गत १२३ भारु प्रति महिनामा प्रयोगकर्ताले दैनिक ५०० एमबी डाटा र अनलिमिटेड कलिङ उपयोग गर्न सक्छन्। वार्षिक सब्सक्रिप्सनका लागि १ हजार २३४ भारु तोकिएको छ। यसमा प्रयोगकर्ताले अनलिमिटेड कलिङका साथै १६८ जीबी डाटा प्राप्त गर्नेछन्।

प्रकाशित: २४ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार