Technology Khabar २४ असार २०८०, आईतवार
काठमाडौं ।
स्टेलान्टिस ब्रान्ड फिएटले आफ्नो रेट्रो–स्टाइल्ड ६००ई कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। साथै ६००ई कम्प्याक्ट इलेक्ट्रिक एसयूभीले सिङ्गल चार्जमा ४०० किलोमिटरको दायरा प्रदान गर्ने बताइएको छ। नयाँ फिएट कम्प्याक्ट अल–इलेक्ट्रिक एसयूभी डिसेन्ट स्पेक सिटको साथमा रेट्रो फिचर्सको राम्रो मिश्रणको साथ आएको उल्लेख गरिएको छ।
फिएट ६००ई मा पनि जीप एभेन्जरको जस्तै समान डब्ल्यूएलटीपी रेञ्ज र ११५ किलोवाट पावर रहेकोछ। फिएट ५०० भन्दा थोरै ठूलो रहेको ६००ई को इलेक्ट्रिक मोटर कहाँ बस्छ भन्ने स्पष्टता नभएको उल्लेख छ। साथै ६००ईले जीप एभेन्जरसँग समान प्ल्याटफर्म र समान पर्फमेन्स स्पेक्स साझा गर्ने भएकाले यस नयाँ ६००ई फ्रन्ट–ह्वील–ड्राइभ ईभी हुन सक्ने सम्भावना रहेको छ।
यद्यपी जीप एभेन्जरमा एडब्ल्यूडी अप्सन भने उपलब्ध नभएको बताइएको छ। त्यसैगरि फिएट ६००ई छोटो र साँघुरो भएतापनि २०२२ फक्सवागन गल्फ भन्दा अलि अग्लो रहेको छ। साथै फिएट ६००ई ५४ केडब्ल्यूएच ब्याट्रीको साथ आउने र एसयूभी भूभागको लागि पर्याप्त पावर प्याक रहेको गिज्मोचाइनामा उल्लेख गरिएको छ।
फिएट ६००ई केबल ९ सेकेन्डमा शुन्यबाट १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्ने र यसले आराम र सुविधामा फियाटको फोकसलाई गति भन्दा अगाडि झल्काएको उल्लेख छ। ई–एसयूभी धेरै सेफ्टी (सुरक्षा) र अन्य फिचर्स (सुविधाहरू) ले सुसज्जित रहनुका साथै यसले ईभी भित्र आरामदायी ड्राइभको ग्यारेन्टी प्रदान गर्ने बताइएको छ।
यसअन्तर्गत ह्यान्ड्स–फ्री टेलगेट, १८०–डिग्री रियरभ्यू क्यामरा, ब्लाइन्ड स्पट डिटेक्सन र केही ट्रिम अप्सनहरूमा लेभल २ एसिस्टेड ड्राइभिङ फिचर्स (सुविधाहरू) समावेश रहेको उल्लेख गरिएको छ। साथै फिएट ६००ई को ब्याट्री प्याकलाई १०० किलोवाटको फास्ट चार्जिङ प्रयोग गरेर मात्र ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ।
फिएटले ६००ईको लागि प्रि–अर्डरहरू प्राप्त गर्न थालेको र कारको मूल्य एमएसआरपी रेञ्ज अन्तर्गत ४०,००० डलर रहेको छ। साथै फिएट ६००ई ले बजारमा हुन्डाई आयोनिक ५ र भोल्भो ईएक्स३० जस्ता केही हाई–पर्फमेन्स मोडलहरूलाई टक्कर दिने अनुमान गरिएको छ।
प्रकाशित: २४ असार २०८०, आईतवार