
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले आफ्नो विस्तृत वित्तीय प्रतिवेदन जारी गर्नु अघि आफ्नो क्वार्टली गाइडेन्स पोस्ट गरेको र लगातार दोस्रो त्रैमासिकको लागि कोरियाली कम्पनीले नाफामा ठूलो गिरावटको अपेक्षा गरेको उल्लेख छ।
एकीकृत तथ्याङ्कले कोरियन वोन ०.५ देखि ०.७ बिलियन (४५५ मिलियन डलर) को सञ्चालन नाफा देखाएको र गत वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशत कम भएको उल्लेख गरिएको छ।
त्यसैगरि त्रैमासिक र वार्षिक रूपमा बिक्रीको तथ्याङ्क पनि घटेको उल्लेख गरिएको छ। अनुमान गरिएको कुल राजस्व ५९ र ६१ ट्रिलियन कोरियन वोनको बीचमा रहेको र उक्त राजस्व लगभग ४६ बिलियन डलर भएको बताइएको छ।
पछिल्लो पटक सन् २००९ को पहिलो त्रैमासिकमा सामसङको आम्दानी कोरियन वोन ५९० बिलियन भएको बेलामा कम्पनीले यसै प्रकारको कम नाफा व्येहोरेको उल्लेख छ।
कोरियाली कम्पनीले जुलाई २७ मा पूर्ण परिणामहरू पोस्ट गरेपश्चात पूरा विवरण प्राप्त हुनेछ।
कमजोर माग र भूराजनीतिक अनिश्चितताका कारण कम्पनीले मेमोरी चिप्सको उत्पादनमा कटौती गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २४ असार २०८०, आईतवार