सामसङ ग्यालेक्सी एस २३एफई “एक्सिनोस २२०० चिपद्वारा संचालित हुने

  • Technology Khabar | २३ असार २०८०, शनिबार
सामसङ ग्यालेक्सी एस २३एफई “एक्सिनोस २२०० चिपद्वारा संचालित हुने

काठमाडौं ।

सामसङले गत वर्ष फ्यान संस्करण फोन लन्च गर्नबाट रोकेपछि, २०२३ को अन्तिम क्वाटरमा ग्यालेक्सी एस २३ एफई रिलिज गर्ने तयारी गरेको छ।

प्रारम्भिक लीक र प्रमाणीकरणहरूले निकै प्रतीक्षामा रहेको उपकरणमा एक्सिनोस २२००चिपसेट समावेश रहने सम्भावना देखाएका थिए।  ग्यालेक्सी एस २३ एफइको पर्खाइमा रहेका उत्सुक प्रशंसकहरूका लागि, यी सम्भावनाहरु भर्खरको गीकबेन्च सूचीकरणको साथ पुष्टि भएको बताइएको छ।

ग्यालेक्सी एस २३ एफइ मोडेल नम्बर एस एम-७११ बी को साथ गीकबेन्च ६ कम्प्युट परीक्षणमा धेरै मुख्य विवरणहरू सहित प्रकट भएको छ। यसमा एन्ड्रोइड १३ को साथमा ८ जीबी र्याम अनबोर्ड र १.८२ गीगाहर्जको बेस क्लक तथा २.८० गीगाहर्जको बुस्ट क्लक भएको अक्टा-कोर प्रोसेसर रहेको छ।

एस ५इ ९९२५ मदरबोर्ड र सामसङ एक्सक्लिप्स ९२० जीपीयूले डिभाइस वास्तवमै एक्सिनोस २२०० चिपसेटको साथ रहेको स्पष्ट पारेको उल्लेख छ।

एक्सिनोस २२०० सुरुमा ग्यालेक्सी एस २२ श्रृंखलासँगै अनावरण गरिएको तथा यो स्न्यापड्रयागन ८ जेन १ चिपसेटको प्रतिद्वन्द्वीको रूपमा अपेक्षा गरिएको थियो। तर यसले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको  बताइएको छ।

यसको कार्यसम्पादन सुधारहरू सामान्य रहेका तथा यसको पूर्ववर्ती, एक्सीनोस २१०० ग्यालेक्सी एस २१ एफइमा फेला परेको तुलनामा सीपीयू कार्यसम्पादनमा केवल ५ प्रतिसतले वृद्धि भएको उल्लेख छ। अर्कोतर्फ, एक्सीनोस २२०० ले लगभग १५ प्रतिसत राम्रो जीपीयू प्रदर्शन प्रदान गर्ने बताइएको छ।

ग्यालेक्सी एस २३ एफइको लागि सम्भावित स्पेसिफिकेशनका अनुसार यसले ६.४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्ले १२० हर्ज रिफ्रेस दरको साथ फिचर गर्नेछ।

यसले प्रयोगकर्ताहरूलाई ६ जीबी वा ८ जीबी र्याम तथा १२८ जीबी वा २५६ जीबी भण्डारणका लागि विकल्पहरूसहित विभिन्न स्टोरेज कन्फिगरेसनहरू बीचको छनोट प्रस्ताव गर्ने अपेक्षा गरिएको  छ।

रिपोर्टहरूले उपकरण ४,५०० एमएएच ब्याट्रीसंग सुसज्जित हुने संकेत गरेका तथा डिभाइसले २५ वाट फास्ट चार्जिंग समर्थन गर्ने पनि बताइएको छ।

त्यस्तै, ग्यालेक्सी एस २३ एफईमा महत्त्वपूर्ण क्यामरा सुधारको अनुमानहरू गरिएका छन्। सम्भावितरूपमा यसको पूर्ववर्ती, ग्यालेक्सी एस २३ एफइमा १२ एमपी क्यामराको तुलनामा ५० एमपी क्यामराको विशेषता रहेको बताइएको छ।

प्रकाशित: २३ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...