एसईईको परीक्षाफल आज प्रकाशित गरिँदै, नेपाल टेलिकमका सेवाहरुमार्फत यसरी हेर्न सकिने

  • Technology Khabar | २१ असार २०८०, बिहीबार
एसईईको परीक्षाफल आज प्रकाशित गरिँदै, नेपाल टेलिकमका सेवाहरुमार्फत यसरी हेर्न सकिने

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार आज सार्वजनिक गर्ने तयारी भएको छ। नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ।

यसैबीच नेपाल टेलिकमले आफ्नो सेवामार्फत एसईईको रिजल्ट हेर्न सकिने सुबिधा रहेको जनाएको छ। टेलिकमको बागमती प्रदेशको प्रादेशिक निर्देशनालयले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको परीक्षाफल आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने जानकारी दिएको छ।

नेपाल टेलिकमकाअनुसार एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि निम्न सुबिधाहरु रहेका छन्।

आईभीआरमार्फत रिजल्ट हेर्नका लागि:

नेपाल टेलिकमको ल्याण्डलाइन फोन, मोबाइल, सिडिएमएबाट १६०० मा डायल गरी प्राप्त निर्देशानुसार गर्ने।

एसएमएस मार्फत रिजल्ट हेर्नका लागि:

मोबाइलको मेसेज बक्समा एसईई (SEE) टाइप गरी १६०० मा पठाउने।
उदाहरण: एसईई (SEE 12345678A) टाइप गरी १६०० मा पठाउने ।

वेबमार्फत रिजल्ट हेर्नका लागि:

नेपाल टेलिकमको आधिकारीक वेबसाइट http://see.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित भएका थिए।

प्रकाशित: २१ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार