सामसङको डिजिटल सर्भिस सेन्टर भारतमा सुरु

  • Technology Khabar | २१ असार २०८०, बिहीबार
सामसङको डिजिटल सर्भिस सेन्टर भारतमा सुरु

काठमाडौं ।

सामसङले भारतमा आफ्नो डिजिटल सर्भिस सेन्टरको घोषणा गरेको छ। कम्पनीले बृहत् प्लेटफर्म मार्फत आफ्नो उत्पादनसँग सम्बन्धित व्यक्तिगत ग्राहक सेवा अनुभव प्रदान गर्ने अपेक्षा गरेको छ।

सामसङ उपभोक्ताहरुले कम्पनीको वेबसाइटमा वा सिधै डिजिटल सर्भिस सेन्टरको वेबसाइटमा लगइन गरेर डिजिटल सर्भिस सेन्टरमा पहुँच गर्न सक्छन्।

कम्पनीले घोषणा गरेअनुसार डिजिटल सर्भिस सेन्टरले उपभोक्ताको आवश्यकताका आधारमा व्यक्तिगत सहयोग उपलब्ध गराउने छ।

यसमा सिम्पिफ्लाईड यूजर नेभिगेसन जोर्नी, क्वीक एसेस टु क्याटेगोरी वाइस सेल्फ हेल्प कन्टेन, क्याटेगोरी स्पेसिफाइ डीआईवाई भिडियो, मोबाइल एप एक्सपिरेन्स, र मोडेल-स्पेसिफाई रिपेयर र स्पेयर पार्ट मूल्यहरू पेजमा समावेश छन्।

प्रयोगकर्ताहरूले आफ्नो टिभीमा स्क्रिन मिररिङ फिचर कसरी प्रयोग गर्ने, टिभीमा साउन्डबार कसरी जडान गर्ने, सामसङ सेमी–अटोमेटिक वाशिङ मेसिन कसरी स्थापना गर्ने लगायत आफ्ना उत्पादनहरूसँग सम्बन्धित समस्याहरूको सलुसन खोज्न डीआईवाई भिडियोहरू पहुँच गर्न सक्षम हुनेछन्। फ्रिस्टाइल प्रोजेक्टर सेटअप गर्न, वा सामसङ ग्यालेक्सी स्मार्टफोनहरूमा अटो रिस्टार्ट फिचर कसरी प्रयोग गर्ने लगायत छन्।

सामसङ इन्डियाका कस्टमर सर्भिस उपाध्यक्ष सुनिल कटिन्हाले भने, ‘सामसङमा हामीले सधैं ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्नेमा विश्वास गरेका छौं। डिजिटल सर्भिस सेन्टर खरिदपछिका सेवाहरूलाई सरल बनाउन र हाम्रा उपभोक्ताहरूलाई व्यक्तिगत समर्थन प्रदान गर्ने दिशामा एउटा कदम हो। प्लेटफर्मले उपभोक्ताहरूका लागि सजिलो नेभिगेसनको प्रदान गर्दछ र उनीहरूलाई उत्पादनको स्पेसिफाई डीआईवाई भिडियोहरूमा पहुँच प्रदान गर्दछ, उनीहरूको प्रश्नहरू सजिलैसँग समाधान गर्न मद्दत गर्दछ।’

डिजिटल सर्भिस सेन्टरको उपयोग अन्य धेरै अतिरिक्त डिजिटल सेवा विकल्पहरू पहुँच गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ जुन सामसङले आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको छ। यो सेवाबाट उपभोक्ताले आफ्नो समस्याहरु समाधान गर्न सक्छन्।

ग्राहकहरूले व्हाट्सएप सपोर्ट, रिमोट सपोर्ट, कल सेन्टर मार्फत प्राविधिक सहयोग रोज्न सक्छन् वा सामसङ वेबसाइट र युट्युबमा डू ईट योरसफेल्फ भिडियोहरू पहुँच गर्न सक्छन्।

डिजिटल सर्भिस सेन्टर प्रयोग गरी सामसङ उपभोक्ताले सेवा केन्द्रहरूमा प्राथमिकता प्राप्त सेवा लिन अपोइन्टमेन्ट बुक गर्न, पिक एण्ड ड्रप सेवा लिन, सेवा केन्द्र पत्ता लगाउन, वारेन्टी नीतिको विवरण प्राप्त गर्न, रिपेयर ट्र्याक गर्न, सेवाको लागतको जानकारी प्राप्त गर्न, रिमोटमार्फत कलब्याक अनुरोध र भिजुअल सपोर्ट, र सफ्टवेयर अपडेटहरु प्राप्त गर्न सक्छन्।

प्रकाशित: २१ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार