जनरल मोटर्स ईभी मालिकले गाडीलाई पावर ब्याकअप समाधानको रूपमा प्रयोग गर्नसक्ने

  • Technology Khabar | २१ असार २०८०, बिहीबार

काठमाडौं ।

जनरल मोटर्स (जीएम) ले ईभी मालिकहरूलाई उनीहरूको कारहरू होम पावर ब्याकअप समाधानको रूपमा प्रयोग गर्न अनुमति दिने बताइएको छ।
सम्भावित ग्राहकहरूलाई घरेलु ऊर्जा समाधानहरूको भविष्यको बारेमा झलक दिँदै कम्पनीले भर्खरै यस नवीन प्रविधिको बारेमा थप विवरणहरू जारी गरेको हो।

जीएमको अल्टीयम होमले विद्युतीय सवारी मालिकहरूले आफ्नो घरलाई शक्ति दिने तरिकामा क्रान्तिकारी परिवर्तन गर्दैछ। होम पावर ब्याकअप ले विभिन्न आवश्यकताहरू पूरा गर्न तीन फरक बन्डलहरू प्रदान गरेको बताइएको छ।

पहिलो विकल्प अल्टीयम होम भी२ एच बन्डल रहेको छ, जसमा पावरशिफ्ट एसी चार्जर बाइडिरेक्सनल चार्ज गर्न सक्षम रहेको बताइएको छ। यसले मालिकहरूले ग्रिडबाट आफ्ना गाडीहरू चार्ज गर्नका साथसाथै, आवश्यक पर्दा आफ्नो घरलाई पावर ब्याकअप बनाउन कारको ब्याट्री पनि प्रयोग गर्न सक्ने उल्लेख छ। १९.२ किलोवाटको चार्जिङ क्षमताको साथ, उक्त बन्डलले भरपर्दो  तथा प्रभावकारी ब्याकअप समाधान प्रदान गर्न सक्नेछ।

अतिरिक्त भण्डारण क्षमताहरूका लागि, अल्टीयम  होम एनर्जी सिस्टम उत्तम विकल्प रहेको छ। यो बन्डलले भी २ एच इनेबलमेन्ट किटलाई जीएम पावरबैङ्क स्थिर भण्डारण इकाईसँग जोड्ने उल्लेख छ। १०.६ किलोवाट घण्टादेखि १७.७ किलोवाट घण्टासम्मको भण्डारण विकल्पहरूको साथमा, घरमालिकहरूले आपतकालिन अवस्थामा पर्याप्त ऊर्जा भण्डारहरू रहेको थाहा पाउने बताइएको छ।

जीएमले अल्टीयम होम एनर्जी स्टोरेज बण्डल पनि प्रदान गर्दै  विद्युतीय सवारी बिना घरहरूको लागि ब्याकअप ब्याट्री भण्डारण प्रदान गर्ने पनि बताइएको छ।  टेस्लाको पावरवाल जस्तै, यो बन्डलमा पावरबैङ्क, एक इन्भर्टर, र एक होम हब समावेश रहेको छ जसले घर मालिकहरूलाई पछि प्रयोगको लागि थप ऊर्जा भण्डारण गर्न अनुमति दीने बताइएको छ।

बन्डलहरूका अतिरिक्त, जीएमले आफ्नो अल्टीयम  होम सलुसन्ससँग फोटोभोल्टिक प्रणालीहरू एकीकृत गर्न एक विशेष सौर्य प्रदायक सनपावरसँग साझेदारी गरेको छ। उक्त सहकार्यले घरमालिकहरूलाई आफ्नो ऊर्जा व्यवस्थापनलाई थप अनुकूलन गर्न र ग्रिडबाट अझ बढी स्वतन्त्रता प्राप्त गर्न सक्षम बनाउने उल्लेख छ।

अल्टीयम होम उत्पादनहरूको मूल्य निर्धारण भने घोषणा गरिएको छैन।  आधारभूत भेहिकल टू होम बण्डल, स्थापना सहित ७,००० देखि १०,००० अमेरिकी डलर सम्म हुनसक्ने बताइएको छ।

प्रकाशित: २१ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार