
काठमाडौं ।
चीनबाट आएको नयाँ अफवाहकाअनुसार यस वर्षको एप्पल आईफोन १५ लाइनअपको ब्याट्री क्षमतामा निश्चित सुधारहरू देखिने छ। साथै उक्त अफवाह फक्सकन कारखानाको “इनसाइडर” बाट बाहिरिको मानिएको उल्लेख छ।
यसबाट आईफोन १५ लाइनअपका सबै चार मोडल लाभान्वित हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
जानकारीकाअनुसार आईफोन १५ मा ३,८७७ एमएएच, आईफोन १५ प्लसमा ४,९१२ एमएएच, आईफोन १५ प्रोमा ३,६५० एमएएच र आईफोन १५ प्रो म्याक्समा ४,८५२ एमएएच ब्याट्री आकारहरू रहने उल्लेख गरिएको छ।
आईफोन १५ लाइनअपको ब्याट्रीलाई आईफोन १४ सिरिजसँग तुलना गर्दा आईफोन १४ मा ३,२७९ एमएएच, आईफोन १४ प्लसमा ४,३२३ एमएएच ब्याट्री, आईफोन १४ प्रोमा ३,२०० एमएएच ब्याट्री, र आईफोन १४ प्रो म्याक्समा प्लसको जस्तै ४,३२३ एमएएच ब्याट्री समावेश गरिएको उल्लेख छ।
तसर्थ, उक्त वृद्धिहरू बोर्डमा निकै उल्लेखनिय भएको र यदि अफवाह यथार्थमा परिणत भएको खण्डमा भने एप्पलका डिभाइसहरू ब्याट्री परीक्षणहरूमा धेरै उच्च श्रेणीमा हुने स्पष्ट रहेको उल्लेख छ। त्यसैगरी कुनै पनि आईफोन ५,००० एमएएचको ब्याट्री नजिक पुगेको यो पहिलो पटक हुने र एप्पलको नोटोरियस्ली अप्टिमाइज्ड इन–हाउस डिजाइन गरिएका चिप्स, ब्याट्री लाईफ उत्कृष्ट हुने उल्लेख गरिएको छ।
साथै यस वर्षको आईफोनहरू आफ्ना पूर्ववर्तीहरू भन्दा थोरै बाक्लो हुने यस अघिका अफवाहले उल्लेख गरेको बताइएको छ। आईफोन १५ लाइनअपमा यदि ठूला ब्याट्रीहरू प्याक गरिएको खण्डमा भने अघिल्ला अफवाहले सही अर्थ दिने उल्लेख गरिएको छ।
चीनको वेईबोमा आधारित रहेर आएको छुट्टै जानकारीका अनुसार आईफोन १५ प्रोको बेस स्टोरेज (आधार भण्डारण) २५६ जीबी हुनेछ र उक्त स्टोरेज वर्तमानको १२८ जीबी भन्दा दोब्बर भएको बताइएको छ। साथै पछिल्लो १२८ जीबीमा रहने भएकाले यो प्रोज र नन्–प्रोज बीचको अर्को भिन्नता हुने उल्लेख गरिएको छ।
प्रकाशित: २० असार २०८०, बुधबार