भारतमा २५ करोड टूजी फोनहरू प्रतिस्थापन गर्न जियोको अभियान

Technology Khabar २० असार २०८०, बुधबार

भारतमा २५ करोड टूजी फोनहरू प्रतिस्थापन गर्न जियोको अभियान

काठमाडौं ।

भारतको प्रमुख टेलिकम मध्ये एक रिलायन्स जियो कम्पनीले आफ्नो फाइभजी नेटवर्कलाई निरन्तर विस्तार गरिरहेको छ। एक प्रेस विज्ञप्ति अनुसार भारतका २५० मिलियन भन्दा बढी मानिसहरू २जी युगमा फसेको कम्पनीले नोट गरेको र क्यारियरले तिनीहरूलाई इन्टरनेटमा परिचित गराउने योजना बनाएको छ।

जियो भारत कार्यक्रमले प्रयोगकर्ताहरूलाई ४जी कनेक्सन भएका फोनहरू ९९९ भारुमा प्रदान गर्नुका साथै अन्य क्यारियर्सको तुलनामा अत्यन्त किफायती योजनाहरु पनि उपलब्ध गराउने भएको बताइएको छ। उक्त बिटा ट्रायल यस शुक्रबार (जुलाई ७ तारिखमा) सुरु हुने बताइएको छ भने भारतका ६,५०० क्षेत्रहरूमा बिक्री भएका १ मिलियन फोनहरू यसमा समावेश हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

हाल, अपरेटरहरूले बेसिक भ्वाइस सर्भिस (आधारभूत भ्वाइस सेवाहरू) को लागत मासिक ९९ भारुबाट १९९ भारु पुर्याई दुई गुणाले वृद्धि गरेको बताइएको छ। जियो भारतले अनलिमिटेड भ्वाइस प्लानका साथ ५०० एमबी प्रति दिन भारु १२३ मा उपलब्ध गराउँदै यसको सामना गर्ने उल्लेख छ।

साथै जियो भारतको कार्यक्रमले उपलब्ध गराएको दर ३० प्रतिशतले सस्तो भएको र प्रतिस्पर्धीहरूको भन्दा ७ गुणा बढी डाटा भएको क्यारियरको दावी रहेको छ। त्यसै गरी उक्त योजना प्रत्येक २८ दिनमा बिल्ड गरिने भएकाले प्रयोगकर्ताहरूले आफ्नो फिचर फोन्सका लागि १४ जीबी डाटा प्राप्त गर्ने बताइएको छ। साथै वार्षिक योजना भारु १,२३४ को हुने र थप २५ प्रतिशत बचत हुने उल्लेख छ।

ह्यान्डसेटहरू जियो भारत प्लेटफर्म अन्तर्गत ब्रान्ड गरिने बाहेक डिभाइसहरूको बारेमा अन्य कुनै जानकारी वा स्पेसिफिकेसन उपलब्ध छैन्। आधिकारिक प्रेस विज्ञप्तिकाअनुसार जियो भारत प्लेटफर्म अन्तर्गत ब्रान्डिङ्ग गरिने ह्यान्डसेटहरूले जियो पे मार्फत युपीआई भुक्तानीहरूलाई समर्थन गर्ने, पछाडिको भागमा क्यामरा हुनुका साथै धेरै मनोरञ्जन विकल्पहरू चलचित्र, भिडियो र खेलकुद हाइलाइटहरू सहितका अन्य फिचरहरु रहने उल्लेख छ।

Sajilo Visa

प्रकाशित: २० असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार