अमेरिकामा उड्ने कारलाई अनुमति

  • Technology Khabar | २० असार २०८०, बुधबार
अमेरिकामा उड्ने कारलाई अनुमति

काठमाडौं ।

सडकमा गुड्ने तथा हावामा उड्ने इलेक्ट्रिक कार अब छिट्टै आउने भएको छ।

भर्खरै अमेरिकी सरकारले सडकमा गुड्ने तथा हावामा उड्ने इलेक्ट्रिक कारलाई संसारको पहिलो अनुमति प्रदान गरेको छ। अमेरिकामा आधारित अलेफ एयरोनोटिक्सले यस्तो फ्लाइङ कार तयार गरेको छ। मोडल ए फ्लाइङ कारलाई अमेरिकामा अनुमति प्राप्त भएको छ।

मोडल एलाई अमेरिकी सरकारको तर्फबाट स्पेशल एयरवर्थीनेस सर्टिफिकेशन प्राप्त भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यस प्रकारको सवारीलाई पहिलो पटक अमेरिकामा सर्टिफिकेशन प्राप्त भएको हुँदा यो ऐतिहासिक निर्णय हो।

अलेफ एयरोनोटिक्सले सन् २०१६ मा आफ्नो प्रोटोटाइप तयार गरेको थियो। जसमा कार सञ्चालन क्षमता, भर्टिकल टेकअफ क्षमता र अफोर्डेबिलिटी रहेको थियो। ‘मोडल ए’ले २०० माइल ड्राइभिङ रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यसको फ्लाइट रेञ्ज ११० माइल छ। यसको अतिरिक्त फ्लाईङ कारको मूल्य ३ लाख अमेरिकी डलर छ। यसको प्रिबुकिङ अक्टोबर २०२२ देखि खुल्ला गरिएको थियो र गत वर्षको अन्त्यसम्म ४४० भन्दा धेरै बुकिङ प्राप्त भएको छ।

अलेफ एयरोनेक्सिले आफ्नो प्रोटोटाइपको २०१९ मा टेस्ट ड्राइभिङ तथा टेस्ट फ्लाइङ सुरु गरेको थियो। रिपोर्टका अनुसार मोडल एको उत्पादन २०२५ को चौथो त्रैमासिकदेखि सुरु हुनेछ। यसका साथै कम्पनी अन्य मोडल विकास गर्ने तयरीमा पनि छ।

एउटा मोडल जेड नामको चार सिटर सेडान पनि रहेको छ। जसलाई सन् २०३५ मा ल्याउने सम्भावना छ। मोडल जेडको फ्लाइङ रेञ्ज ३०० माइल भन्दा अधिक तथा २०० माइल भन्दा अधिक ड्राइभिङ रेञ्ज हुने सम्भावना छ। यसको सुरुवाती मूल्य ३५ हजार अमेरिकी डलर तोकिने छ।

प्रकाशित: २० असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार