शाओमी १३ टी प्रो प्रक्षेपण अघि आइएमडीए प्रमाणीकरणमा देखियो

  • Technology Khabar | २० असार २०८०, बुधबार
शाओमी १३ टी प्रो प्रक्षेपण अघि आइएमडीए प्रमाणीकरणमा देखियो

काठमाडौं ।

शाओमी १३ टी प्रो लन्च अघि नै आइएमडीए प्रमाणीकरणमा देखा परेको छ।शाओमीले आफ्नो शाओमी १३ टी श्रृंखलाहरुको नयाँ स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेका बेला उपकरणहरुको बारेमा रिलीज हुनु अघि नै जानकारी लीक भएको हो।

आइएमडीए प्रमाणीकरणले, १३ टी प्रोको आगामी प्रक्षेपणको संकेत गरेको छ। चिनियाँ टेक जायन्टले १३ टी र १३ टी प्रो स्मार्टफोनहरू लन्च गर्न तयारी गरिरहेको बताइएको छ।

पछिल्लो हाइ-इन्डको मोडेल, जुन आइएमडीए प्रमाणीकरण वेबसाइटमा मोडेल नम्बर २३०७८ पीएनडी ५ जी सहित (टेक आउटलुक मार्फत) देखा परेको हो।

सूचीले बताए अनुसार, उपकरणले ब्लुटुथ, वाइफाइ, र एनएफसी जडानलाई समर्थन गर्ने छ। यद्दपी ग्राउन्डब्रेकिंग जानकारी नभएपनि, यस्तो सूचीले शाओमी १३ टी प्रोको लन्चिङ्ग धेरै टाढा नभएको संकेत दिएको बताइएको छ।

केही दिन अघि, उपकरणको बेलायती मूल्य निर्धारण र यसको लन्च मिति अमेजनमा लीक भएको थियो। स्मार्टफोनको मूल्य लगभग पाउन्ड स्टर्लिंग ७९९ हुनेछ, जुन यसको पूर्ववर्तीको पाउन्ड स्टर्लिंग ६९९ मूल्य ट्याग भन्दा लगभग १०० पाउन्ड स्टर्लिंगले बढी रहेको बताइएको छ।

त्यस्तै, अर्को लिकले यसका केही प्रमुख विशिष्टताहरूमा पनि संकेत गरेको छ।

शाओमी १३ टी प्रो मिडिया टेक डायमेन्सीटी ९२०० प्लस एसओसीसंग सुसज्जित हुनेछ। स्मार्टफोन १२ जीबी र्याम तथा ५१२ जीबी आन्तरिक भण्डारणसँग जोडिने उल्लेख छ।

डिभाइस एन्ड्रोइड १३ ओएसमा आधारित एमआइयूआइ ४ आउट अफ द बक्समा चल्नेछ।

ठूलो ५,००० एमएएच ब्याट्री प्याकले डिभाइसलाई शक्ति दिने अपेक्षा गरिएको छ। यसले १२० वाट फास्ट चार्जिङलाई पनि समर्थन गर्न सक्ने उल्लेख छ।

प्रकाशित: २० असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार