
काठमाडौं ।
सन् २०२७ को अन्त्यसम्ममा विश्वव्यापी फाइभजी कनेक्सन ६ अर्ब ८० करोडको गतिमा पुग्ने र अपेक्षित भन्दा राम्रो हुने एक अध्ययनले देखाएको छ।
२०२३ को पहिलो त्रैमासिकको अन्त्यमा ग्लोबल ५जी कनेक्सन १.२ बिलियन पुगेको छ, र यो संख्या २०२२ को चौथो त्रैमासिकको तुलनामा १५७ मिलियनले बढेको देखिन्छ।
यसका साथै ओमडिया र फाइभजी अमेरिकाजको नवीनतम तथ्याङ्क अनुसार अझै पनि वर्षको अन्त्यसम्म १.९ बिलियन पुग्ने अपेक्षा गरिएको छ।
तथ्यांक प्रतिवेदनअनुसार ५जी उल्लेखनीय रूपमा बढ्दै छ र मोबाइल वायरलेसको कुनै पनि अघिल्लो पुस्ता भन्दा छिटो मापन गर्दैछ।
प्रकाशित: २० असार २०८०, बुधबार