
काठमाडौं ।
फ्रेन्च डिएनएको सिट्रोन ई सी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ। इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ई सी थ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ।
२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ। विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ। साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ।
मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ई सी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँदछ। हेर्नमा निकै आकर्षक डिजाइन हुनुको साथै यसको रेञ्ज पनि राम्रो छ।
विद्युतीय गाडि भएकोले ई सी थ्रीले वातावरणिय स्वच्छतामा पनि योगदान पुर्याउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको लागि ई सी थ्री एउटा उपयुक्त रोजाई हो।
अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ ओटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो।
यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउने कम्पनीको दाबी छ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई सी थ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ।
कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई सी थ्री एक आकर्षक रोजाई हो। यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ।
दिगो र नवीन सवारी साधनहरूलाई आम मानिसमाझ पहुँचयोग्य बनाउने सिट्रोनको प्रतिबद्धताले ई सी थ्रीलाई बजारमा साँच्चै नै गेम चेन्जरको रुपमा स्थापित गर्दछ। अहिले सम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिंग भइसकेको कम्पनिले जानकारी दिएको छ।
सिट्रोन ई सी थ्रीका दुवै भेरियन्टहरु एक लाखमा प्रि बूकिंग गर्न सकिनेछ।
प्रकाशित: १९ असार २०८०, मंगलवार