सेगाले ‘एन्ग्री बर्ड्स’ गेम निर्माता रोभियोलाई अधिग्रहण गर्ने प्रस्ताव अवधि विस्तार गर्दै

  • Technology Khabar | १९ असार २०८०, मंगलवार
सेगाले ‘एन्ग्री बर्ड्स’ गेम निर्माता रोभियोलाई अधिग्रहण गर्ने प्रस्ताव अवधि विस्तार गर्दै

काठमाडौं ।

सेगा यूरोपले ‘एन्ग्री बर्ड्स’ गेम निर्माता रोभियो इन्टरटेनमेन्टमा रहेका सबै बक्यौता सेयर र विकल्पहरूको लागि स्वैच्छिक सिफारिस गरिएको नगद प्रस्तावको अवधि ७ अगस्टसम्म विस्तार गरेको छ। कम्पनीले निश्चित नियामक अनुमोदनहरू पर्खिरहेको अवस्थामा यो अवधि बढाएको हो।

यसअघि प्रारम्भिक अफर अवधि ८ मे मा सुरु भयो र ३ जुलाईमा समाप्त भएको थियो।

सेगाले भनेअनुसार यसले अमेरिकी प्रतिस्पर्धा प्राधिकरणबाट स्वीकृति प्राप्त गरिसकेको छ तर केही अन्य प्रतिस्पर्धा विषयक प्रक्रियाहरू अझै बाँकी छन्।

यसअघि अर्को कम्पनी प्लेटिकाले पनि ६८३ मिलियन यूरो (७३७.५० मिलियन डलर) मा कम्पनीलाई अधिग्रहण गर्न चाहेको थियो। तर कुरा नमिलेपछि सेगाले सो कम्पनीलाई नयाँ अफर दिएको थियो।

सेगा यूरोपले ‘एन्ग्री बर्ड्स’ गेम निर्माता रोभियो इन्टरटेनमेन्टलाई ७०६ युरोमा किन्ने सहमति गरेको थियो।

प्रकाशित: १९ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार