
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि यस बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरिएको जनाएको छ।
यस गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो पैसा तिर्नुनपर्ने (टोल फ्रि) फोन नम्बर १८१०५००००२२ मार्फत वा यस बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने जानकारी दिएको छ।

प्रकाशित: १८ असार २०८०, सोमबार