अनलाइन जुवा खेल्ने ९३ जना चीनमा पक्राउ

  • Technology Khabar | १८ असार २०८०, सोमबार
अनलाइन जुवा खेल्ने ९३ जना चीनमा पक्राउ

काठमाडौं ।

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको प्रहरीले अनलाइन जुवा खेलेको आरोपमा ९३ जनालाई पक्राउ गरेको झाओटोङ शहरको सार्वजनिक सुरक्षा ब्यूरोले आइतबार घोषणा गरेको छ।

प्रहरीले यस मुद्दामा ९०० मिलियन युआन (लगभग १२४.६ मिलियन अमेरिकी डलर) भन्दा बढी रकम संलग्न भएको बताएको छ। जम्मा सात अनलाइन जुवा एपहरू बन्द गरिएका छन्।

सन् २०२१ मा, झाओटोङ्गमा, वाङ उपनाम भएका एक व्यक्तिले अन्य संगै, ठूलो पूंजी प्रवाहका साथ इन्टरनेट प्लेटफर्महरुमा जुवा गतिविधिहरु संगठित गरेको प्रहरीले पत्ता लगाएको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्न कार्यदल गठन गरेको थियो।

उनीहरूले एक इन्टरनेट प्रविधि कम्पनीले जुवा खेल्ने एपहरू विकास गरेको र पिरामिड संरचनामा विभिन्न तहमा क्षेत्रीय एजेन्टहरू तोकेको फेला पारे।

१६ महिनाको अनुसन्धानपछि प्रहरीले प्रदेशभित्र र बाहिर नौओटा गिरोहको परिसरमा छापा मारेर झण्डै ८० मोबाइल फोन र २७ कम्प्युटर बरामद गरेको शिन्ह्वाले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: १८ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...