नोकिया र एप्पलबीच फाइभजी र अन्य प्रविधि पेटेन्टको क्रस–लाइसेन्स सम्झौता

  • Technology Khabar | १८ असार २०८०, सोमबार
नोकिया र एप्पलबीच फाइभजी र अन्य प्रविधि पेटेन्टको क्रस–लाइसेन्स सम्झौता

काठमाडौं ।

सन् २०१७ को मे महिनामा हस्ताक्षर गरिएको हालको लाइसेन्स सम्झौता २०२३ को अन्त्यमा समाप्त हुने भएकाले नोकियाले एप्पलसँग नयाँ दीर्घकालीन प्याटेन्ट क्रस–लाइसेन्स सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ।

नयाँ प्याटेन्ट लाइसेन्स सम्झौताले नोकियाको फाइभजी र अन्य प्रविधिहरूका आविष्कारहरू समावेश गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

दुई कम्पनीहरू बीचको यस सम्झौताका सर्तहरू गोप्य रहने भए तापनि नोकियाले एप्पलबाट बहुवर्षिय अवधिको लागि भुक्तानीहरू प्राप्त गर्ने र २०२४ जनवरी देखि सुरु हुने यस नयाँ सम्झौतासँग सम्बन्धित राजस्व पहिचान गर्ने अपेक्षा गरेको छ।

फिनल्याण्डको कम्पनीले एप्पलसँगको नयाँ सम्झौता २०२३ को अप्रिल २० मा खुलासा गरिएको वित्तीय प्रतिवेदनमा यसको लङ्ग–टर्म आउटलुकसँग स्थिर रहेको भनेर बताएको छ।

नोकिया टेक्नोलोजीका अध्यक्ष जेनी लुकान्डरले यस सम्झौताको बारेमा टिप्पणी गर्दै भने, “हामी एप्पलसँग मैत्रीपूर्ण आधारमा लङ्ग–टर्म प्याटेन्ट लाइसेन्स एग्रिमेन्ट गर्न पाउँदा खुसी छौं। सम्झौताले नोकियाको प्याटेन्ट पोर्टफोलियोको बल, आर एन्ड डीमा दशकौं लामो लगानी र सेलुलर स्ट्याण्डर्ड र अन्य प्रविधिहरूमा योगदानलाई प्रतिबिम्बित गर्दछ।”

नोकियाको प्याटेन्ट पोर्टफोलियो सन् २००० देखि आर एन्ड डीमा लगानी गरिएको १४० बिलियन युरो भन्दा बढीमा निर्माण गरिएको र यसमा फाइभजीका लागि आवश्यक ५,५०० भन्दा बढी पेटेन्ट परिवारहरू सहित करिब २०,००० पेटेन्ट परिवारहरू रहेका छन्।

प्रकाशित: १८ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...