एप्पल आईफोनले चाँडै स्याटेलाइट संचालित इन्टरनेट र कल फिचर प्राप्त गर्ने

  • Technology Khabar | १८ असार २०८०, सोमबार
एप्पल आईफोनले चाँडै स्याटेलाइट संचालित इन्टरनेट र कल फिचर प्राप्त गर्ने

काठमाडौं ।

एप्पलले आईफोनमा स्याटेलाइट-संचालित इन्टरनेट र कलिङ्ग फिचर दिने भएको छ। पीसीम्याकको रिपोर्टकाअनुसार आईफोनले भविष्यमा थप स्याटेलाइट-संचालित फिचरहरू प्राप्त गर्न सक्छ।

एफसीसी फाइलिङमा, एप्पल साझेदार ग्लोबलस्टारले कम्पनीले आईफोनमा स्याटेलाइट-संचालित फिचरहरू विस्तार गर्न खोजिरहेको संकेत गरेको छ।

एप्पलले आईफोन १४ सिरिजको साथ स्याटेलाइट सुविधा मार्फत आपतकालीन एसओएस प्रस्तुत गरेको छ। यो फिचर प्रयोग गरेर सेलुलर र वाइफाइ कभरेज बाहिर हुँदा स्याटेलाइटमार्फत आपतकालीन सेवाहरूलाई म्यासेज पठाउन सकिन्छ। साथै स्याटेलाइट मार्फत आफन्त तथा साथीहरुसँग फाइन्ड माई एप प्रयोग गरेर लोकेशन सेयर गर्न सकिन्छ।

रिपोर्टका अनुसार यो फिचर भ्वाइस कल र इन्टरनेटमा विस्तार गर्ने सम्भावना छ। एफसीसी फाइलिङले टी-मोबाइल र स्पेसएक्सबाट अनमोडिफाइड टी-मोबाइल स्मार्टफोनहरुको लागि पवार स्याटेलाइट इन्टरनेट सेवामा काम गरिरहेका छन्।

‘ग्लोबलस्टारको एमएसएस (मोबाइल स्याटलाइट सर्भिस) सिस्टमले यसको इजाजतपत्र प्राप्त स्पेक्ट्रममा डायरेक्ट-टु-ह्यान्डसेट सुविधाहरू र सेवाहरूको बढ्दो एरेलाई सपोर्ट गर्न समयसँगै विकसित हुँदै जानेछ,’ ग्लोबलस्टारले भनेको लाइभमिन्टले उल्लेख गरेको छ।

प्रकाशित: १८ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...