भारतीय चन्द्रयान ३ को परीक्षण पूरा, १३ जुलाईमा लन्च गरिने

  • Technology Khabar | १८ असार २०८०, सोमबार

काठमाडौं ।

भारतको चन्द्रमाको तेस्रो मिशन चन्द्रयान ३ को टेस्टिङ पूरा भएको छ। यो मिशन १३ जुलाईमा लन्च गरिनेछ।

मिशनका अध्यक्ष एस सोमनाथले एजेन्सीले स्पेसक्राफ्टको टेस्टिङ पूरा गरेको जानकारी दिएका छन्।

अब यो स्पेशक्राफ्टलाई पूर्णरुपमा इन्टिग्रेटेड गरिएको छ। क्राफ्टलाई रकेटको कम्पार्टमेन्टसँग जोडिएको छ। सोमनाथका अनुसार चन्द्रयान-३ मिशन १२ जुलाईदेखि १८ जुलाई बीचमा लन्च गरिनेछ।

भारतको स्पेश एजेन्सीकाअनुसार श्रीहरिकोटाको सतीश धवन स्पेश सेन्टरबाट १३ जुलाई ३ः३० बजे स्थानीय समय अनुसार लन्च गर्न तय गरिएको छ। चन्द्रयान ३ लाई उहान मार्क ३ रकेटको मद्दतबाट लन्च गरिनेछ। यसको उपयोग पछिल्लो मिशनमा पनि गरिएको थियो।

चन्द्रयान-३ स्पेशक्राफ्टमा तीन मोड्यूल्स-प्रोपल्शन मोड्यूल, एक ल्याण्डर तथा एक रोभर छ। प्रोपल्शन मोड्यूल, ल्याण्डिङ मोड्यूल तथा रोभरले लन्च इन्जेक्सनदेखि फाइनल लूनर १०० किलोमिटर सर्कुलर पोलर अर्बिटसम्म लग्नेछ।

त्यसपछि दोस्रो साइन्टिफिक मोड्यूल उपयोगमा ल्याइनेछ। ल्यान्डर मोड्यूलले चन्द्रमामा सफ्ट ल्यान्डिङ गराउनेछ। त्यहाँ चन्द्रयान-२ फेल भएको थियो। ल्यान्डिङ पछि ल्याण्डर रोभरको डिप्लोय गरिनेछ। ल्यान्डर तथा रोभरमा रहेको पेलोडको मद्दतले अनुसन्धान गरिनेछ।

चन्द्रयान ३ मिशनको तीन उद्देश्य रहेको छ। पहिलो लूनार सर्फेसमा सुरक्षित तथा सफ्ट ल्याण्डिङ गर्ने, दोस्रो रोभर मूभका लागि उपयुक्त भए नभएको भनेर हेर्ने तथा तेस्रो वैज्ञानिक अनुसन्धान गर्ने रहेको छ।

चन्द्रयान-३ मिशन लन्च गर्नका लागि एलभीएम३ को उपयोग गरिनेछ। यसलाई पहिला जियोसिन्क्रोन्स स्याटेलाइट लन्च भेहीकल मार्क ३ नामबाट चिनिन्थ्यो। चन्द्रयान-३ दोस्रो मिशन हुनेछ जसमा यस रकेटको उपयोग गरिनेछ। चन्द्रयान-१ लाई पीएसएलभी एक्सएल रकेटमार्फत अन्तरिक्षमा पठाइएको थियो।

एलभीएम३ एक तीन स्टेज युक्त रकेट हो। जसको लम्बाई ४३.४३ मिटर तथा तौल ६ लाख ४० हजार किलोग्राम छ। यसको तीन स्टेजमा मुख्य रकेटका साथ साइडमा दुई रकेट बूस्टर लगाइएको छ।

हरेक बूस्टरमा २०७ टनको एचटीपीबी आधारित प्रोपेलेन्ट दिइएको छ। जसले ५१५०केएका अधिकतम थ्रस्ट उत्पन्न गर्छ। दोस्रो स्टेजमा दुई लिक्विड फ्यूल्ड डेभलप्ड-२ रकेट इन्जिन दिइएको छ। यो यूडीएमएच तथा नाइट्रोजन टेट्रोअक्साइडको कम्बिनेशनबाट बनेको छ।

प्रकाशित: १८ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया