Technology Khabar १८ असार २०८०, सोमबार
काठमाडौं ।
ह्वावेले एस३ प्रो नामक नयाँ स्मार्ट डिस्प्लेको साथ आफ्नो प्रोडक्ट रेञ्ज विस्तार गरेको छ। हाल ६५ इन्च र ७५ इन्च मोडलहरू समावेश रहेका एस३ प्रो लाइनअपमा नयाँ ८६ इन्च मोडल अब सो लाइनअपमा सबैभन्दा ठूलो मनिटरको हुने बताइएको छ।
हालै मात्र उक्त नयाँ मनिटरको रिलीज मिति लीक गरिएको र यस मनिटरलाई आगामी जुलाई १० तारिखमा रिलीज गरिने अपेक्षा गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
पछिल्लो लीक अनुसार ह्वावे स्मार्ट स्क्रिन एस३ प्रो ८६ इन्च एडिसन आगामी जुलाई १० मा लन्च गर्न तय गरिएको उल्लेख छ। यस समाचारले ह्वावे नोभा ११ सिरिजमा एस३ प्रो सिरिजको सफल अनावरण र यस वर्षको गत अप्रिलको स्प्रिङ्ग प्रोडक्ट लन्चलाई पछ्याएको बताइएको छ। प्रारम्भिक प्रक्षेपणको क्रममा ह्वावेले एस३ प्रोको ६५–इन्च र ७५–इन्च मोडलहरू क्रमशः ५,९९९ युआन र ७,९९९ युआनको प्रारम्भिक मूल्यको साथ अनावरण गरेको थियो।
ह्वावे स्मार्ट स्क्रिन एस३ प्रो एक शक्तिशाली स्मार्ट टिभी भएको र यसमा समावेश गरिएका धेरै सुविधाहरूले यसलाई अलग राख्ने उल्लेख गरिएको छ। यसमा फोरके (४के) मुख्य चिप, एक क्वाड–कोर ए७३ सीपीयू र १.६टी एनपीयू रहेको हुनाले यसलाई इन्टेलिजेन्ट सिन रिक्गनिसनको लागि एआई प्रयोग गर्न अनुमति दिने बताइएको छ।
साथै यसमा १.०टी कम्प्युटिङ पावर सहितको एआई भिजन चिप पनि रहेको र यस चिपले स्मूथ पोर्ट्रेट ट्र्याकिङ, एआई फिटनेस, चाइल्ड पोष्टर र डिस्टेन्सन रिमाइन्डर्स, एआई सोमाटोसेन्सरी गेम्स र एम्बियन्ट लाइट पर्सेप्शन जस्ता सुविधाहरूलाई समर्थन गर्ने उल्लेख छ।
यसको शक्तिशाली एआई क्षमताहरूका अतिरिक्त एस३ प्रो प्रभावशाली अडियो र भिजुअल प्रदर्शनको साथ पावरफूल एआई–इनएबल्ड स्मार्ट टिभी भएको बताइएको छ। साथै यसमा फोरकेप्लस (४के+) १२० हर्ज डिस्प्ले सहितको वाइड कलर गामुट र एक्यूरेट कलर रिप्रोडक्सन फिचर गरिएको छ। त्यसै गरी यसमा रहेका चार ओटा बिल्ट–इन स्पिकरहरूले रिच र इमर्सिभ अडियो एक्सपिरियेन्स प्रदान गर्ने उल्लेख छ।
ह्वावे स्मार्ट स्क्रिन एस३ प्रो कनेक्टिभिटी फिचर्सका साथ भरिपूर्ण रहेकोछ। यसमा तीन ओटा ४८ जीबीपीएस एचडीएमआई २.१ पोर्ट, वाई–फाई ६ र ब्लुटुथ ५.२ रहेका छन्। यसको मतलब तपाइँ उक्त कनेक्टिभिटी फिचर्स मार्फत यसलाई गेम कन्सोल्स, सेट–टप बक्सेस र ब्लु–रे प्लेयर्स जस्ता विभिन्न डिभाइसहरूमा जडान गर्न सकिने छ।
यसको प्रभावशाली विशेषताहरू र प्रतिस्पर्धी मूल्यको साथ एस३ प्रो जुलाई १० को लन्च पश्चात हिट हुने निश्चित भएकोछ।
प्रकाशित: १८ असार २०८०, सोमबार