संस्कृति इन्टरनेशनल स्कुलले तयार पार्यो विद्यालयस्तरीय फ्याब ल्याब, नयाँ प्रविधिको बारेमा सिकाउने

  • Technology Khabar | १७ असार २०८०, आईतवार
संस्कृति इन्टरनेशनल स्कुलले तयार पार्यो विद्यालयस्तरीय फ्याब ल्याब, नयाँ प्रविधिको बारेमा सिकाउने

काठमाडौं ।

नेपालको अग्रणी शैक्षिक संस्था संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो प्राङ्गण हल्चोक, काठमाडौंमा नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, “इन्फिनिटी फ्याबल्याब” (फ्याब्रिकेशन ल्याबोरेटरीज) को उद्घाटन गरेको छ।

उद्घाटन समारोहमा थ्रीडीआई स्कूल, न्यूजील्याण्डका अक्याडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको उपस्थिति रहेको थियो । वहाँले यस प्रयोगशालाको स्थापनालाई देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदमको रूपमा उल्लेख गरे। उद्घाटन लगत्तै नयाँ फ्याब ल्याबको प्रदर्शनी भ्रमण कार्यक्रम गरिएको थियो।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय (केयू) का विद्यालयका प्रमुखहरु तथा अभिभावक प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

संस्कृति इन्टरनेशनल स्कूलकी निर्देशिका दिप्ती आचार्यले भनिन, “संस्कृति इन्टरनेशनल स्कूलले यो स्तरको पहिलो फ्याब ल्याब खोल्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । यो प्रयोगशालाको स्थापनाले नयाँ प्रविधिलाई बढावा दिन र विद्यार्थीहरूलाई अत्याधुनिक सिकाइ अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा महत्वपूर्ण भूमिका खेलेको छ। हामीले अत्याधुनिक प्रविधि र उपकरणहरूले सुसज्जित नविनतम प्रयोगशाला स्थापना गरेका छौँ, जहाँ विद्यार्थीहरूले डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स र अन्य धेरै कुराहरू एक्सप्लोर गर्न सक्छन् । फ्याब ल्याबले रचनात्मक प्रविधिको हबको रूपमा काम गर्नेछ र हाम्रा विद्यार्थीहरूलाई आफ्नो पूर्ण क्षमता उजागर गर्न, आवश्यक सीपहरू विकास गर्न र नयाँ आविष्कारको लागि प्रेरित गर्न सक्षम बनाउँछ।”

फ्याब ल्याब अर्थात् फ्याब्रिकेशन ल्याबोरेटरीज यस्तो अत्याधुनिक प्रयोगशाला हो, जसले विद्यार्थीहरूलाई डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स, र अन्य धेरै क्षेत्रहरूको बारेमा विस्तिृत रुपमा बुझ्न उपकरण र प्रविधिहरूमा पहुँच प्रदान गर्दछ । यस नयाँ फ्याब ल्याबको स्थापनासँगै संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई ह्यान्ड्स–अन, इण्टर्डिसिप्लिनरि लर्निङ्गको अनुभवका साथै, सृजनात्मक, नवीनतम र समस्या समाधान गर्ने सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

विभिन्न नवीन शिक्षण उपकरणहरूद्वारा अतिथिहरूलाई आकर्षित तुल्याएको इन्फिनिटी फ्याब ल्याबको भ्रमण कार्यक्रमको मुख्य आकर्षण थियो । अतिथिहरूले रचनात्मकता र ह्यान्ड्स–अन शिक्षण प्रणालीको हबको रूपमा काम गर्ने फ्याब ल्याबका असीमित सम्भावनाहरू पनि प्रत्यक्ष रूपमा अनुभव गरेका थिए।

संस्कृति इन्टरनेशनल स्कुलमा नेपालकै पहिलो फ्याब ल्याबको स्थापनाले यस संस्थाको शैक्षिक आविष्कार र विश्वव्यापी शैक्षिक प्रवृतिहरूमा अग्रिम स्थानमा रहने प्रतिबद्धतालाइ हाईलाईट गरेको छ। यसले विद्यार्थीहरूलाई २१ औँ शताब्दीका सीपहरू विकास गर्न नयाँ बाटोहरू खोल्नेछ, र उनीहरुलाई द्रुत रूपमा विकसित संसारमा अगाडि बढ्न तयार पार्नेछ।

प्रकाशित: १७ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार