तीन सय रुपैयाँसम्मको रिचार्जमा स्वामित्व कर नलगाउन सांसदको माग

  • Technology Khabar | १७ असार २०८०, आईतवार
तीन सय रुपैयाँसम्मको रिचार्जमा स्वामित्व कर नलगाउन सांसदको माग

काठमाडौं ।

तीन सय रुपैयाँसम्मको रिचार्जमा दूरसञ्चार स्वामित्व कर नलगाउन सांसदले सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको आईतबारको बैठकमा सांसद प्रेम सुवालले तीन सय रुपैयाँसम्मको सिम कार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

यस्तै उनले शैक्षिक संस्था र व्यक्तिलाई एक मुष्ठ २ हजार रुपैयाँसम्म टेलिफोन र इन्टरनेट सेवा दस्तुरमा १० प्रतिशत नलाग्ने व्यवस्था गर्न पनि उनको माग छ। निजी दूरसञ्चार सेवा प्रदायक राज्यको स्वामित्वमा ल्याउने उनले सरकारसँग आग्रह गरे।

‘५ वर्ष भित्र दूरसञ्चार सम्बन्धि नेपालकै स्याटलाइट, ब्याडविथ सर्भर लगायत उपकरण व्यवस्थापन गर्न जरुरी छ,’ उनले भने, ‘यसका लागि विज्ञान र प्रविधिको विषय अध्ययन गराउने कलेजहरुलाई आवश्यक अनुदान दिई अनुसन्धानमा सहभागी गराउनुपर्छ।’

हेलो नेपाल कम्पनीसँगको ४ अर्ब ३१ करोड र सिनर्जी नेपालसँगको ३ अर्ब २९ करोड कर वर्षैसम्म नउठाउने अधिकारीलाई किन कारबाही नगरिएको भनेर उनले प्रश्न गरे।

प्रकाशित: १७ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...