Technology Khabar १७ असार २०८०, आईतवार
काठमाडौं ।
चिनियाँ टेक ब्राण्डको आइक्यूओओ ११ एस स्मार्टफोन १६ जीवी र्याम प्लस १ टीबी भण्डारणको साथ चीनमा लन्च हुने भएको छ। ११ एस फ्ल्यागशिप फोनका बारेमा मुख्य विवरणहरू पुष्टि गर्दै आएको आइक्यूओओले ४ जुलाईमा डिभाइस लन्च हुने बताएको हो।
एउटा नयाँ पोस्टरले ११ प्लसको उच्चतम संस्करणको कन्फिगरेसन पुष्टि गर्दै स्मार्टफोन एलपीडीडीआर ५ एक्स र्याम र यूएफएस ४.० स्टोरेजका साथ हुने बताइएको छ। आइक्यूओओ ११ एस कन्फिगरेसनमा आइपुग्ने जसले १६ जीबीको एलपीडीडीआर ४ एक्स र्याम र १ टीबी यूएफएस ४.० भण्डारण प्रदान गर्ने बताइएको छ। त्यस्तै, उपकरणले भर्चुअल र्याम ८ जीबीसम्म प्रदान गर्ने उल्लेख छ।
गत महिनाको रिपोर्ट अनुसार, आइक्यूओओ ११ एस १२ जीबी र्याम प्लस २५६ जीबी स्टोरेज, १६ जीवी र्याम प्लस २५६ जीबी स्टोरेज, र १६ जीवी र्याम प्लस ५१२ जीबी स्टोरेज र १६ जीबी र्याम प्लस १ टीबी भण्डारण जस्ता चार कन्फिगरेसनहरूमा आइपुग्नेछ। डिभाइस कालो, सेतो र निलो गरी तीनवटा शेडमा आउनेछ।
अहिले सम्मका आइक्यूओओ ११ एस विवरणहरूले, ११ एस आइक्यूओओ ११ प्रो ५ जी को फ्ल्याट स्क्रिन संस्करण हुन सक्ने बताइएको छ, जुन घुमाउरो एज डिस्प्लेसहित आउनेछ। आइक्यूओओ ११ एस, ६.७८ इन्च ई६ एमोलेड डिस्प्लेसँग सुसज्जित हुने तथा यसले २ के रिजोलुसन तथा १४४ हर्ज रिफ्रेस दर प्रदान गर्ने पनि बताइएको छ। यो एन्ड्रोइड १३ मा आधारित ओरीजीन ओएस ३.०मा चल्नेछ।
त्यस्तै, आइक्यूओओ ११ एस मा स्न्यापड्रयागन ८ जेन २ चिपसेट हुने उल्लेख छ। यो ४,७०० एमएएच ब्याट्रीको साथ आउन सक्ने जसले २०० वाट छिटो चार्जिङलाई समर्थन गर्ने बताइएको छ।
डिभाइसको पछाडिको क्यामरा सेटअपमा ओआइएस समर्थनको साथ ५० मेगापिक्सेल सोनी आइएमएक्स ८६६ प्राथमिक क्यामरा हुन सक्ने पनि बताइएको छ। डिभाइसले अन्य सुविधाहरू जस्तै इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र एक डेडीकेटेड डीस्प्ले चिप पनि प्रदान गर्ने बताइएको छ।
प्रकाशित: १७ असार २०८०, आईतवार