भारतीय बजारमा माइक्रोम्याक्स, लाभा र कार्बन कमब्याक गर्दै, भारु.५ हजार भन्दा सस्ता स्मार्टफोन ल्याउँदै

Technology Khabar १७ असार २०८०, आईतवार

भारतीय बजारमा माइक्रोम्याक्स, लाभा र कार्बन कमब्याक गर्दै, भारु.५ हजार भन्दा सस्ता स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

माइक्रोम्याक्स, लाभा र कार्बन सबै एक पटक फेरि कमब्याक गर्न तयार छन्। भारतीय ब्रान्डहरूले आगामी दिनहरूमा ८ हजार नेपाली रुपैयाँ मुनिका स्मार्टफोनहरू लन्च गर्नेछन्। यी कम्पनीहरूले चिनियाँ ब्रान्डलाई भारतीय बजारबाट हटाउने तयारी गरिरहेका छन्।

यी तीन कम्पनीले चाँडै बजेट स्मार्टफोन ल्याउने तयारी गरिरहेका छन्। रिपोर्टहरूकाअनुसार, माइक्रोम्याक्सले ८ हजार रुपैयाँ मूल्य दायरामा स्मार्टफोन लन्च गर्नेछ, जबकि लाभाले १६ हजार नेपाली रुपैयाँ भन्दा कममा फाइभजी स्मार्टफोन ल्याउन सक्छ।

यी भारतीय ब्रान्डहरू फिर्ता भएपछि भारतीय बजारमा चिनियाँ कम्पनीहरू रेडमी, रियलमी, इन्फिनिक्स आदिले कडा चुनौती सामना गर्न सक्ने बताईएको छ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार लाभा र माइक्रोम्याक्ससँगै कार्बन पनि कमब्याक गर्न तयार छ। हाल, चिनियाँ कम्पनीहरूले बजेट क्षेत्रमा भारतीय स्मार्टफोन बजारको आधाभन्दा बढी ओगटेका छन्।

चिनियाँ कम्पनीहरूले भारतमा भारु ८ हजार रुपैयाँभन्दा कममा आफ्ना बजेट स्मार्टफोन लन्च गरिरहेका छन्। कार्बनले चाँडै आफ्नो फोरजी स्मार्टफोन भारु ४,९९९ अर्थात नेपाली रुपैयाँ ८ हजारमा लन्च गर्दैछ। योसँगै माइक्रोम्याक्सले भारु ५,९९९ मा ४जी स्मार्टफोन पनि उपलब्ध गराउनेछ।

लाभाले गत वर्ष भारतमा ब्लेज ५जी र ब्लेज २ फाइभजी ल्याएको थियो, जसको मूल्य भारु १०,००० भन्दा कम छ। त्यसैगरी, लाभा अग्नि २ गत महिना भारु २१,९९९ मा ल्याइएको छ।

चिनियाँ कम्पनीहरूको प्रभुत्व

अहिले भारतीय बजारमा चिनियाँ कम्पनी बीबीके इलेक्ट्रोनिक्सको वर्चस्व छ। यस समूहका कम्पनीहरू – भिभो, ओप्पो, रियलमी, आईकू र वनप्लसले प्रत्येक सेगमेन्टमा आफ्नो पकड बनाएका छन्। एकै समयमा, शाओमी, रेडमी, पोको, इन्फिनिक्स र टेक्नोसँग बजेट र मिड बजेटका साथै प्रिमियम खण्डहरूमा पहुँच छ।

सन् २०१४ मा चिनियाँ कम्पनीहरु आएपछि माइक्रोम्याक्स, लाभा र कार्बनले आफ्नो चमक गुमाएका थिए।

Sajilo Visa

प्रकाशित: १७ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार